कोभिड-१९

कोभिड परीक्षण बढ्यो, देशभर ५०८७ संक्रमित थपिए

इकागज | पुस ३०, २०७८

काठमाडौँ- देशभर शुक्रबार पाँच हजार ८७ जना कोभिड-१९ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ५ सय ६० जनाको कोभिड परीक्षण गरिएको थियो  । बिहीबार १५ हजार ८१ जनाको परीक्षण गरिएको थियो ।

२४ घण्टामा तीन सय ६ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ८ लाख १५ हजार ६५३ जना संक्रमणमुक्त भइसकेका छन् । कोभिड संक्रमणकै कारण तीन जनाको मृत्यु भएको छ । हालसम्म ११ हजार ६१३ जनाको मृत्यु भइसकेको छ ।

देशभर सक्रिय संक्रमित १८ हजार २३५ जना छन् । आज मात्र तीन लाख २० हजार २६७ जनाले कोभिड विरुद्धको खोप लगाएका छन् ।

राष्ट्रसंघको प्रतिवेदन भन्छ- डेल्टा भेरियन्टका कारण भारतमा तीन महिनामा २ लाख ४० हजारको मृत्यु

इकागज | पुस ३०, २०७८

न्युयोर्क- कोभिडको डेल्टा भेरियन्टबाट भारतमा सन् २०२१ को अप्रिलदेखि जुनसम्म दुई लाख ४० हजार जना मानिसको ...