कोभिड-१९

एक डोज खोप र एक थान कार्डका लागी लाइन [फोटो फिचर]

अनुज बज्राचार्य | पुस २९, २०७८

काठमाडौँ : सरकारले सार्वजनिक सेवा लिन खोप कार्ड अनिवार्य गरेपछि काठमाडौँ उपत्यकाका अस्पतालमा खोप लगाउनेको भिड लाग्न थालेको छ । सीसीएमसीको सिफारिसमा गृह मन्त्रालयले सार्वजनिक सेवा लिन खोपकार्ड अनिवार्य गरेपछि अस्पतालमा खोप लगाउने र कार्ड बनाउनेको भिड लाग्न थालेको हो ।

अहिले दैनिक काठमाडौँमा रहेका वीर अस्पताल, शिक्षण अस्पताल, सिभिल अस्पताल र टेकु अस्पतालमा कोभिड खोप लगाउने र खोप कार्ड बनाउनेको भिड लाग्न थालेको देखिन्छ । खोप कार्ड बनाउनका लागि सर्वसाधारण घण्टौ लाइन लाग्ने गरेका छन् भने लामो समय पालो पर्खेर पनि कसैले खोप पाउन सकेका छैनन । 

सरकारल खोपको अतिरिक्त मात्रा लगाउनुका साथै खोपकार्ड समेत दिने भएपछि अस्पतालमा खोप लगाउनेको भिड बढ्न थालेको हो । पछिल्लो समय दैनिक कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढेपछि सरकारले काठमाडौँ उपत्यकामा ‘स्मार्ट लकडाउन’को तयारी गरेको छ । काठमाडौँ उपत्यकाका अस्पतालमा अहिले कोभिशिल्ड, भेरोसेल, जोनसोन लगायतका खोप लगाउने काम भइरहेको छ ।

 

अस्पतालमा चिकित्सक र कर्मचारी अभाव हुन नदिन स्वास्थ्य मन्त्रालयको निर्देशन

इकागज | पुस २९, २०७८

काठमाडौं - सरकारले देशभरका अस्पताल र प्रयोगशालाहरूमा महामारीका बेला कर्मचारीको अभाव हुन नदिने प्रबन्ध ...