कोभिड-१९

२ सय ५९ जनामा संक्रमण पुष्टि, एकको मृत्यु

इकागज | मंसिर १३, २०७८

काठमाडौँ - सोमबार नेपालमा २ सय ५९ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ७ हजार २३१ पीसीआर र २ हजार ६५७ जनाको एन्टीजेन परीक्षणका क्रममा २५९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा हालसम्म कुल संक्रमितको संख्या ८ लाख २१ हजार १ सय २१ जना पुगेको छ । कुल संक्रमितमध्ये ६ हजार ९४४ जना सक्रिय संक्रमित छन् । सोमबार २६४ जना संक्रमित निको भएका छन् । यो सँगै देशभर निको हुनेको संख्या ८ लाख २ हजार ६ सय ५३ पुगेको छ ।

कोभिडकै कारण १ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोभिड संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५२४ पुगेको छ । हाल ९८ जना क्वारेन्टिनमा छन् । १५९ जना आइसीयू र ३७ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।  

'कोभिडको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ धेरै संक्रामक हाे वा हाेइन भन्‍नेबारे अध्ययन भइरहेको छ'

इकागज | मंसिर १३, २०७८

काठमाडौँ - विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को नेपाल कार्यालयका प्रमुख राजेश सम्भाजीराव पाण्डवले दक्षिण अफ्...

इजरायलद्धारा आफ्ना नागरिकलाई अफ्रिकी देशको भ्रमणमा प्रतिबन्ध

इकागज | मंसिर १३, २०७८

इजरायल- हालै अफ्रिकामा कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन भेटिएपछि इजरायलले आफ्ना नागरिकलाई अफ्रिकी...

हङकङमा पनि देखियो ओमिक्रोन भेरियन्ट, भारतसहितका देशबाट यात्रा गर्नेलाई २१ दिन क्वारेन्टिन

इकागज | मंसिर १२, २०७८

काठमाडौँ - हङकङमा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएको छ । दक्षिण अफ्रिका र क्यानडाबाट गएका दुई...