कोभिड-१९

ओमिक्रोन प्रभाव : काठमाडौँमा छैन तयारी, मुस्ताङमा कडाई !

इकागज | मंसिर १६, २०७८

बागलुङ - कोभिड १९ सङ्क्रमणको नयाँ भेरियन्ट ओमिक्रोनलाई मध्यनजर राख्दै हिमालपारिको जिल्ला मुस्ताङ प्रवेश गर्न पीसीआर रिपोर्ट वा कोरोना विरुद्धको पूर्ण मात्रा खोप अनिवार्य गरिएको छ । 

कोरोना सङ्क्रमणको दोस्रो लहरपछि सामान्य बन्दै गएको मुस्ताङमा पछिल्लो समय घुम्न जाने आन्तरिक तथा बाह्य पर्यटक बढेका थिए । हालै विश्वका कतिपय देशमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन देखिएको भन्दै यसको जोखिमलाई मध्यनजर गर्दै मुस्ताङ प्रवेशमा कडाइ गरिएको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए । 

उनका अनुसार विशेष गरी पर्यटकका लागि सात दिनभित्रको पीसीआर नेगेटिभ रिपोर्ट वा पूर्ण मात्राको खोप कार्ड वा पछिल्लो ७२ घण्टाभित्रको एन्टिजेन परीक्षण रिपोर्ट नभएका व्यक्तिलाई प्रवेशमा रोक लगाइएको हो । 

मुस्ताङमा स्थायी बसोबास गर्दै आएकाहरू तथा पूर्ण खोप लगाएका कर्मचारी, शिक्षक र सुरक्षाकर्मीहरूका लागि भने यो सर्त लागू नहुने जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको बैठकले निर्णय गरेको छ ।

“मङ्सिर १५ गते राति १२ बजेदेखि २९ गते राति १२ बजेसम्म लागू हुने गरी मुस्ताङ घुम्न आउनेहरूका लागि कडाइ गरेका छौँ, त्यसबाहेक जिल्लाभित्रका विभिन्न क्रियाकलापहरूमा पनि कडाइ गर्दै आदेश जारी भएको छ,” प्रजिअ शर्माले भने “नेपाल भित्रिएका बाह्य तथा आन्तरिक पर्यटकहरु एक पटक मुस्ताङ पुग्ने योजनामा हुन्छन् । अहिले विभिन्न देशमा नयाँ भेरियन्ट फैलिँदै गएको खबर आइरहेकाले पर्यटकका माध्यमबाट मुस्ताङसम्म पुग्न सक्ने जोखिमका कारण कडाइ गरिएको हो ।”

जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको बैठकले सार्वजनिक स्थलमा मेला, जात्रा, महोत्सव, भोजभतेर, हाटबजार लगायतका भीडभाड हुने खालका कार्यक्रम नगर्न पनि आदेश दिएको छ । त्यसैगरी विवाह, व्रतबन्ध, मृत्यु संस्कारलगायतका अनिवार्य कार्य गर्नु परेमा भने २५ जनाभन्दा बढी भेला हुन नपाउने आदेश जारी गरिएको छ । रासस 

स्वास्थ्य मन्त्रालयले भन्यो : अत्यावश्‍यक कामबाहेक विदेश भ्रमण नगर्नू

इकागज | मंसिर १५, २०७८

काठमाडौँ- सरकारले अतिआवश्यक कामबाहेक विदेश भ्रमणमा नजानलाई आग्रह गरेको छ । कोभिड-१९ को ओमीक्रोन भेरिय...

कोभिडको ओमिक्रोन भाइरस : यात्रा व्यवस्थापनसम्बन्धी आदेश जारी गर्दै सरकार

इकागज | मंसिर १४, २०७८

काठमाडौँ – सरकारले कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएका मुलुकबाट आउने यात्रुका लागि यात्रा व्य...

ओमिक्रोनका कारण लगाइएको यात्रा प्रतिबन्ध तत्काल हटाउन आह्वान

इकागज | मंसिर १४, २०७८

दक्षिण अफ्रिका- दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले आइतवार आफ्ना देशमा प्रतिबन्ध लगाउने देशहरुलाई...

ओमिक्रोन भेरिएन्ट कति घातक छ भन्‍नेबारेमा अनुसन्धान हुँदैछ : विश्व स्वास्थ्य संगठन

इकागज | मंसिर १४, २०७८

जेनेभा- विश्व स्वास्थ्य संगठनले हालै अफ्रिकामा देखा परेको भनिएको कोरोनाको ओमिक्रोन भाइरस के कत्तिको खतरन...

क्यानाडामा कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोन भेटिएपछि थप सतर्कता

इकागज | मंसिर १४, २०७८

क्यानाडा- हालै अफ्रिकामा भेटिएको भनिएको कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन क्यानाडामा पनि भेटिएको ज...