कोभिड-१९

अस्ट्रेलियाका उपप्रधानमन्त्रीलाई अमेरिका भ्रमणका क्रममा कोभिड पोजेटिभ

इकागज | मंसिर २३, २०७८

सिड्नी- अस्ट्रेलियाका उपप्रधानमन्त्रीलाई कोभिड पोजेटिभ भएको छ । अमेरिका भ्रमणका क्रममा उनलाई कोभिड पोजेटिभ देखिएको हो । बार्नेवी जोइसले यसै साता अमेरिका भ्रमणका क्रममा आफूलाई कोभिड भएको बताएका छन् । 

जोइसले आफू अहिले आइसोलेसनमा रहेको र सामान्य लक्षण देखिएको बताएका छन् । अमेरिका भ्रमण गर्नुअघि जोाइसले बेलायतका मन्त्री डोमिनिक र्याब र ग्रयान्ट स्यापलाई बुधबार भेट गरेका थिए । 

जोइसलाई कसरी कोभिड संक्रमण भयो भन्ने बारेमा केही खुलेको छैन् । उनीसँगै अमेरिका भ्रमणमा रहेको प्रतिनिधिमन्डलका अन्य कुनै सदस्यलाई भने संक्रमण नभएको जनाइएको छ । बेलायत छोड्नुअघि आफूमा कोभिडको नेगेटेभि रिपोर्ट देखिएको, तर अमेरिका पुगेपछि कम्जोर र पीडा महशुस गरेको उनले बताएका छन् ।

आफू कम्तिमा १० दिन आइसोलेसनमा बस्ने र अमेरिकी अधिकारीहरुसँगको भेट स्थगित गरिएको उनले जनाएका छन् । लन्डनमा हुँदा आफू पनि क्रिसमसको एउटा सपिङको भिडमा रहेको उनले बताएका छन् । जोइस भाइरसबाट संक्रमित हुने अस्ट्रेलियाका उच्च ओहदाका राजनीतिज्ञ हुन् । गत वर्ष अमेरिका भ्रमणकै क्रममा रक्षामन्त्री पिटर डुटनलाइ पनि कोभिड भएको थियो । एजेन्सी

खोप निर्मात कम्पनी फाइजर र वायो एनटेक भन्छन्- बुस्टर डोज ओमिक्रोनविरुद्ध प्रभावकारी हुन्छ

इकागज | मंसिर २३, २०७८

न्युयोर्क- खोप निर्माता कम्पनी फाइजर र वायो एनटेकले आफूले उत्पादन गरेको कोभिड खोप कोरोनाको नयाँ भेरियन्...

ओमिक्राेन बढेसँगै भारतमा काेभिडकाे तेस्राे लहर सुरु हुने विज्ञहरूकाे चेतावनी

इकागज | मंसिर २२, २०७८

नयाँ दिल्ली - भारतमा काेभिडकाे नयाँ भेरियन्ट ओमिक्राेन बढेकाे र यसका कारण अ‌ागामी वर्षकाे फ...

ओमिक्रोनलाई अहिले प्रयोगमा आएकै खोपले काम गर्छ: डब्लूएचओ

इकागज | मंसिर २२, २०७८

न्युयोर्क- अहिले प्रयोगमा आइरहेका खेापहरुले नै कोभिडको नयाँ भेरियन्ट ओमिक्राेनलाई काम गर्ने विश्व स्वास्थ्य...

सीमा नाकामा ओमिक्रोनको त्रास: भारतबाट भित्रिनेहरू विशेष निगरानीमा

इकागज | मंसिर २१, २०७८

कञ्चनपुर - भारतबाट फर्किदै गरेका रोल्पाका छवि रोकामगर अरु साथीहरूसँगै स्वास्थ्य परीक्षणका लागि गड्डाचौकी ...