कोभिड-१९

मंगलबार थपिए २६४ संक्रमित, २ जनाको मृत्यु

इकागज | मंसिर २८, २०७८

काठमाडौँ- पछिल्लो २४ घण्टामा देशभरमा २ सय ६४ जनामा कोभिड-१९ संक्रमण देखिएको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार १३ हजार ७ सय ९ जनाको कोभिड परीक्षण गरिएको थियो । पीसीआर परीक्षणबाट २ सय २९ र एन्टीजेन्ट विधिबाट ३५ जनामा कोभिड पुष्‍टि भएको छ ।

त्यसैगरी ३ सय ६२  संक्रमणमुक्त भएका छन् । हालसम्म ८ लाख ७ हजार ५ सय १६ जना संक्रमणमुक्त भइसकेका छन् । २ जनाको मृत्यु र हालसम्म ११ हजार ५ सय ५९ जनाको मृत्यु भइसकेको छ ।

देशभर सक्रिय संक्रमित ५ हजार ६ सय ८९ जना छन् । त्यसैगरी २ लाख ३६ हजार ४ सय ८२ जनाले कोभिडविरुद्धको खोप लगाएका छन् ।

आईसीयूमा १ सय २० र भेन्टीलेटरमा २७ जना उपचाररत छन् । होम आईसोलेशनमा ५ हजार ३ सय ८६ , संस्थागत आईसोलेशनमा ३ सय ३ र क्वारेन्टाइनमा ९६ जना छन् ।

वैज्ञानिकको चेतावनी- बेलायतमा कोभिडले पाँच महिनाभित्र ७५ हजारको मृत्यु हुन सक्‍छ

इकागज | मंसिर २६, २०७८

लन्डन- कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन डेल्टाभन्दा बढी फैलिएको र त्यसबाट ठूलो मानवीय क्षेति हुने बेलायतका...