कोभिड-१९

शुक्रबार २ सय ५९ जना संक्रमित, तीनको मृत्यु

इकागज | मंसिर २४, २०७८

काठमाडौँ- नेपालमा शुक्रबार २ सय ५९ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ६ हजार ४ सय ७२ पिसिआर परीक्षणका क्रममा २ सय ३२ जना र ४ हजार १५ एन्टीजेन परीक्षणका क्रममा २७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख १९ हजार ५ सय १४ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ३ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म ११ हजार ५ सय ५२ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

 त्यस्तै ३ सय ३७ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ८ लाख ६ हजार २ सय ३७ जना निको भएका छन् । हाल नेपालमा ५ हजार ९ सय ९७ जना सक्रिय संक्रमित आइशोलेशनमा रहदा ९६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ । 

अमेरिकामा कोभिड सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्यामा वृद्दि

इकागज | मंसिर २३, २०७८

वासिङ्टन- अमेरिकाको संघीय सरकारले उपलब्ध गराएको तथ्यांकअनुसार पछिल्लो हप्तामा कोभिड-१९ सङ्क्रमणबाट दैनिक...

खोप लगाइसकेका र संक्रमण भएका व्यक्तिमा पनि तीव्र सर्छ ओमिक्रोन : डब्लूएचओ

इकागज | मंसिर २३, २०७८

न्युयोर्क- विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन खोप लगाइसकेका र एक पटक संक्रम...