क्रिकेट

पाकिस्तानसँग नेपाल पराजित

इकागज | असार २९, २०८०

काठमाडौँ- श्रीलंकामा जारी एसीसी पुरुष इमर्जिङ टिम्स एसिया कपको पहिलो खेलमा नेपालले पाकिस्तान ‘ए’ सँग पराजय भोगेको छ । समूह ‘बी’ अन्तर्गत पाकिस्तानले नेपाललाई ४ विकेटले पराजित गरेको हो ।

नेपालले दिएको १ सय ८० रनको लक्ष्य पाकिस्तानले ३२ ओभर ५ बलमा ६ विकेट गुमाएर पूरा गर्‍यो ।

पाकिस्तानलाई जित दिलाउन तयब ताहिरले ५१ रन तथा ओमार युसफले ३६ रन बनाए । नेपालका लागि ललित राजवंशीले ३ तथा पवन सर्राफले २ र कुशल मल्लले एक विकेट लिए ।

यसअघि कोलम्बो क्रिकेट क्लब ग्राउन्डमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३७ ओभरमा सबै विकेट गुमाउँदै १७९ रन बनायो ।

नेपालका लागि सोमपाल कामीले सर्वाधिक ७५ रन र प्रतिस जिसीले २६ रन जोडे ।

कुशल मल्ल र अर्जुन साउदले समान १७-१७ रन तथा आशिफ शेखले १२ रन बनाए । गुल्सन झाले १३ रन बनाए ।

कप्तान रोहित पौडेल ४ रन तथा पवन सर्राफ र कुशल भुर्तेल १-१ रनमा आउट भए । भिम सार्की शून्य रनमै पभेलियन फर्किए ।

पाकिस्तानका लागि शहनवाज दहानीले ५ तथा मोहम्मद वासिमले ४ विकेट लिए । मुवासिर खानले १ विकेट हात पारे ।

जैसवाल बने टेस्ट क्रिकेटको डेब्युमै शतक पूरा गर्ने तेस्रो भारतीय खेलाडी

इकागज | असार २९, २०८०

काठमाडौँ- यशस्वी जैसवाल टेस्ट क्रिकेटको डेब्यु खेलमा ओपनिङ ब्याट्सम्यानको रुपमा शतक पूरा गर्ने तेस्रो भारत...

अस्ट्रेलियन ब्याटर हेड टेस्ट वरीयताको शीर्ष स्थाननजिक

इकागज | असार २७, २०८०

काठमाडौँ- अस्ट्रेलियन ब्याट्सम्यान ट्राभिस हेड आईसीसीअन्तर्गतको टेस्ट वरीयताको ब्याटिङतर्फ शीर्ष स्थान नजिक पु...

दिपेन्द्रको एकदिवसीय वरीयता खस्कियो, सन्दीपको अवस्था कस्तो ?

इकागज | असार २७, २०८०

काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर दिपेन्द्र सिंह ऐरीको एकदिवसीय अन्तर्राष्ट्रिय वरीयता खस्क...

भारत र वेस्ट इन्डिजको विश्व टेस्ट च्याम्पियनसीपको यात्रा आजबाट सुरु हुँदै

इकागज | असार २७, २०८०

काठमाडौँ- दुई पटक उपविजेता भईसकेको भारतले आजबाट सन् २०२३-२५ विश्व टेस्ट च्याम्पियनसीपको यात्रा सुरु गर्द...

सुनिल नारायणको योजनाः ७५ घण्टामा दुई महादेशमा चार खेल खेल्ने

इकागज | असार २७, २०८०

काठमाडौँ- वेस्ट इन्डिजका अलराउन्डर सुनिल नारायणले ७५ घण्टाभित्रै दुई महादेशमा चारवटा क्रिकेट खेल खेल्ने ...

सन्दीपलाई समेट्दा यूएईबाट घर फर्काइएका मौसम पर्लान् प्लेइङ-११ मा ?

इकागज | असार २६, २०८०

काठमाडौँ- श्रीलंकामा बिहीबारबाट सुरु हुने एसीसी पुरुष इमर्जिङ टिम्स एसिया कपका लागि नेपाली टिममा अफ-...