क्रिकेट

आज नेपाल र युएई भिड्दै

इकागज | साउन ३, २०८०

काठमाडौँ- आज नेपाल र संयुक्त अरब इमिरेटसबीच क्रिकेटमा प्रतिस्पर्धा हुँदैछ । 

एसिसी इमर्जिङ टिम्स एसिया कपमा आफ्नो अन्तिम खेल आज नेपाल र  युएईबीचमा प्रतिस्पर्धा हुन लागेको हो । 

आज हुने खेल पिसारा ओभल खेल मैदान, कोलोम्बोमा हुनेछ । सो खेल नेपाली समय अनुसार बिहान १०: १५ बजेबाट सुरु हुनेछ ।

समूह बी मा रहेका नेपाल र युएई ए दुबै समूह चरणबाट बाहिरी सकेका छन् । यद्धपी, आज प्रतिस्ठका लागि दुवै टोली आज एक अर्कासँग आमुने सामुने हुनेछन । 

नेपाल आफनो पहिलो खेलमा पाकिस्तान ए सँग ४ विकेट तथा दोस्रो खेलमा भारत ए सँग ९ विकेटले पराजित हुनु परेको नमिठो पीडासहित मैदानमा उत्रन लागेको हो भने युएई पनि भारत र पाकिस्तानसँग पराजित भएर नेपालसँग प्रतिस्पर्धा गर्न आइपुगेको हो । युएइ भारतसँग ८ र पाकिस्तानसँग १ सय ८४ रनले पराजित भएर नेपालसँग आज प्रतिस्पर्धामा उत्रन लागेको हो ।

न्यूजिल्यान्डले २०१६ पछि पहिलोपटक घरेलु मैदानमा अस्ट्रेलियाविरुद्ध टेस्ट खेल्ने

इकागज | साउन २, २०८०

काठमाडौँ- न्यूजिल्यान्डले सन् २०१६ पछि पहिलोपटक घरेलु मैदानमा अस्ट्रेलियाविरुद्ध टेस्ट क्रिकेट खेल्ने भएको ...

लामो समयपछि खेलमा फर्किएका अफ्रिदीले टेस्ट क्रिकेटमा पूरा गरे सय विकेट

इकागज | असार ३१, २०८०

काठमाडौँ- पाकिस्तानका बायाँ हाते फास्ट बलर शाहिन शाह अफ्रिदीले श्रीलंकाविरुद्धको पहिलो टेस्ट खेलको पहिल...