क्रिकेट

एसिया कप आयोजकको अधिकार गुमाए पाकिस्तानले विश्वकप नखेल्ने

इकागज | जेठ १, २०८०

काठमाडौँ- पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष नजाम सेठीले पाकिस्तानले एसिया कप क्रिकेट प्रतियोगिता आयोजकको अधिकार गुमाए पाकिस्तानले भारतमा आयोजना हुने आईसीसीको एकदिवसीय विश्वकप नखेल्ने सम्भावना रहेको बताएका छन् ।

भारतले अक्टोबर ५ देखि नोभेम्बर १९ तारिखसम्म एकदिवसीय विश्वकप आयोजना गर्दैछ । विश्वकपको तयारीलाई लक्षित गरी सेप्टेम्बरमा पाकिस्तानले एसियन क्रिकेट काउन्सिल (एसीसी) अन्तर्गतको एसिया कप आयोजना गर्ने तालिका रहेको छ । एसिया कपमा पाकिस्तान, भारत, बंगलादेश, अफगानिस्तान, श्रीलंकासँगै नेपालको पनि सहभागिता रहने छ ।

रोयटर्सले जनाएअनुसार भारतले एसिया कपका लागि पाकिस्तानको भ्रमण गर्न अस्विकार गरेको छ । त्यसको विकल्पमा पाकिस्तानले भारतले खेल्ने खेल तथा अन्य केही खेल पनि यूएईमै आयोजना गर्ने ‘हाइब्रिड मोडेल’ अघि सारेको छ ।

भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले पाकिस्तानको प्रस्तावबारे केही प्रतिक्रिया नदिए पनि सेठीका अनुसार भारतले पाकिस्तानबाट एसिया कप सार्न चाहेको दावी गरेका छन् ।

यसका कारण भारतमा यसै वर्ष हुने विश्वकप तथा २०२५ मा पाकिस्तानमा आयोजना हुने च्याम्पियन्स ट्रफी प्रभावित हुने बताए ।

सेठीका अनुसार भारतले एसिया कपका सबै खेल तटस्थ मैदानमा आयोजना हुनुपर्ने चाहन्छ । उनले बीसीसीआईले तर्कसंगत निर्णय लिनुपर्ने धारणा राखे ।

सेठीले पाकिस्तानले एसिया कप तथा विश्वकप खेल्नबाट पछि हट्ने निर्णय लिनुपर्ने अवस्थाको सृजना गर्न नहुने बताए । यता श्रीलंका र बंगलादेशले पनि एसिया कप यूएईमा हुन नहुने अडान लिएका छन् ।

‘यदि एसिया कप पाकिस्तानबाट सारिए हामीले विश्वकप खेल्ने छैनौ,’ सेठीले बताए ।

सेठीले भारतमा खेल्न पाकिस्तानलाई पनि सुरक्षा चुनौती रहेको तथा पाकिस्तानको खेलहरु बंगलादेश, वा यूएई वा श्रीलंकामा आयोजना हुनुपर्ने समेत बताएका छन् ।

नेपालले खेलाउने विश्वकप छनोट र भारतमा हुने विश्वकप एकै समयमा, अब के हुन्छ ?

सञ्जीव शाह | जेठ १, २०८०

काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान) ले जनाएअनुसार आईसीसी टी-ट्वान्टी विश्वकपअन्तर्गतको एसिया क्षेत्रको छनो...

शकिबले आयरल्यान्ड र अफगानिस्तानविरुद्धको खेल गुमाउने

इकागज | बैशाख ३१, २०८०

काठमाडौँ- बंगलादेशका अलराउन्डर शकिब अल हसनले आयरल्यान्डविरुद्धको तेस्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेल गुमाउ...

आईसीसी विश्वकपः इंग्ल्यान्ड र न्यूजिल्यान्डबीच उद्‍घाटन खेल हुने

इकागज | बैशाख २७, २०८०

काठमाडौँ- भारतमा अक्टोबर ५ तारिखबाट सुरु हुने आईसीसीको एकदिवसीय पुरुष विश्वकपको उद्घाटन खेलमा इंग्ल्या...