क्रिकेट

एसीसीले आफ्नो 'कभर फोटो' मा समेट्यो रोहित पौडेललाई

इकागज | बैशाख २३, २०८०

काठमाडौँ- एसियन क्रिकेट काउन्सिल (एसीसी) ले सामाजिक सञ्जाल फेसबुकको ‘कभर फोटो’ मा नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेललाई समेटेको छ ।

एसीसीले शनिबार आफ्नो कभर फोटो परिवर्तन गरेको र त्यसमा रोहित पौडेललाई पनि समेटेको हो । रोहित पौडेलको कप्तानीमा नेपालले गत मंगलबार एसीसी प्रिमियर कपमा युनाइटेड अरब इमिरेट्सलाई सात विकेटले पराजित गर्दै एसिया कपमा स्थान बनाएको थियो ।

पाकिस्तानले आयोजना गर्ने एसिया कपमा नेपाल समूह ‘ए’ मा रहँदै पाकिस्तान र भारतसँग एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने भएको छ । 

एसीसीले कभर फोटोमा अफगानिस्तान, भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र थाइल्यान्डको खेलाडीलाई समेत समेटेको छ ।

ट्विटरमा भने अफगानिस्तान, श्रीलंका, पाकिस्तान, भारत र बंगलादेशका खेलाडीलाई मात्र स्थान दिएको छ ।

सुरुवाती २ खेल हार्दा पनि उपाधि जितेर नेपाल विश्वकप छनाेटमा पुगेकाे त्याे डिभिजन-३

इकागज | बैशाख २३, २०८०

काठमाडौँ- बर्मुडामा सन् २०१३ को अप्रिल २८ देखि मे ५ सम्म भएको आईसीसी विश्व क्रिकेट लिग डिभिजन-३ सुरु हु...

न्यूजिल्यान्डलाई पराजित गर्दै पाकिस्तान ओडिआई वरीयताको शीर्ष स्थानमा

इकागज | बैशाख २३, २०८०

काठमाडौँ- पाहुना टोली न्यूजिल्यान्डलाई पाँच खेलको एकदिवसीय सिरिजको चौँथो खेलमा पराजित गर्दै पाकिस्तान ...

क्रिकेट विश्वकपः भारत र पाकिस्तानबीचको खेल अहमदाबादमा हुने सम्भावना

इकागज | बैशाख २२, २०८०

काठमाडौँ- आईसीसीको एकदिवसीय क्रिकेट विश्वकपअन्तर्गत आयोजक भारत र पाकिस्तानबीचको खेल अहमदाबादमा रहेको न...

एसीसी प्रिमियर कप विजेता क्रिकेट खेलाडीलाई जनही ६ लाख दिने सरकारको निर्णय

इकागज | बैशाख २०, २०८०

काठमाडौँ- एसीसी प्रिमियर कप जितेको नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीहरुले जनही ६ लाख रुपैयाँ पाउन...