क्रिकेट

रुविना क्षेत्रीले पाँच विकेट लिँदा बर्मी आर्मीको शानदार जित

इकागज | चैत २९, २०७९

काठमाडौँ- हङकङमा जारी फेयर ब्रेक इन्भिटेसनल टी-ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत रुविना क्षेत्रीले उत्कृष्ट प्रदर्शन गरेपछि बर्मी आर्मीले शानदार जित हात पारेको छ । आज भएको खेलमा बर्मी आर्मीले साफायरलाई ६१ रनले पराजित गर्‍यो ।

१ सय ६९ रनको लक्ष्य पछ्याएको साफायरले १५ ओभर ५ बलमा सबै विकेट गुमाएर १ सय ७ रनमात्र जोड्न सक्यो । साफायरका लागि टास फारान्डले ३२ रन तथा बाबेटे डी लिडेले २३ रन तथा एरिन बर्न्सले २१ रन बनाए ।

बर्मी आर्मीका लागि रुविना क्षेत्रीले सर्वाधिक ५ विकेट हात पारिन् । रुचिथा भेन्कटेसले २ तथा तारा नोरिस र लाउरा कार्डोसोले एक-एक लिए । रुविनाले ४ ओभरमा ११ रन खर्चिदाँ एक मेडन ओभर फालेकी थिइन् । एसोसियट राष्ट्रबाट पाँच विकेट लिने रुविना पहिलो खेलाडी हुन् । 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बर्मी आर्मीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६८ रन जोड्यो । बर्मी आर्मीका लागि लाउरा उलभार्टले सर्वाधिक ४९ रन जोडिन् । २५ बल खेलेकी रुविनाले दुई छक्का र एक चौकाको मदतमा २५ बलमा ३२ रनको योगदान गरिन् । साफायरका लागि जिभाना अरासले सर्वाधिक ४ विकेट हात पारिन् ।

सेमिफाइनलमा स्थान बनाइसकेको बर्मी आर्मीको यो पाँच खेलमा चौथो जित हो ।

लिग-२, नेपाली क्रिकेट र मोन्टीको ‘ह्याप्पी ड्रेसिङ रुम’

सञ्जीव शाह | चैत २७, २०७९

काठमाडौँ- कठिन समयमा माघको अन्त्यतिर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्ह...

रिंकुले अन्तिम पाँच बलमा पाँच छक्का हिर्काउँदा कलकताको अविश्वसनीय जित

इकागज | चैत २७, २०७९

काठमाडौँ- मध्यक्रमका ब्याट्सम्यान रिंकु सिंहले अन्तिम ५ बलमा ५ छक्का प्रहार गरेपछि कलकता नाइट राइडर्सले इन्...

सन्दीप लामिछानेको मुद्दामा स्वास्थ्य परीक्षण गर्ने चिकित्सक झिकाउन आदेश

इकागज | चैत २६, २०७९

काठमाडौं- क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको जबरजस्ती करणी मुद्दामा काठमाडौं जिल्ला अदालतले जाह...

सीताको टोर्नाडोजविरुद्ध रुविनाको बर्मी आर्मीको शानदार जित

इकागज | चैत २५, २०७९

काठमाडौँ- हङकङमा जारी फेयर ब्रेक इन्भिटेसनल टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा रुविना क्षेत्रीसम्मिलित बर्मी...