क्रिकेट

सोमपालले दिलाए नेपाललाई पहिलो सफलता

इकागज | फागुन १५, २०७९

काठमाडौँ- युनाइटेड अरब इमिरेट्समा आजबाट सुरु भएको आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा पपुवा न्यूगिनी (पीएनजी) विरुद्ध नेपालले पहिलो विकेट हात पारेको छ ।

दुबई इन्टरनेसन स्टेडियममा नेपालले टस हारेर पहिले ब्याटिङ गरिरहेको पीएनजीले पाँचौ ओभरमा पहिलो विकेट गुमाएको हो । सोमपाल कामीले आफ्नो तेस्रो ओभरको पहिलो बलमा २ रन बनाएका टोनी उराको विकेट लिए ।

लिग-२ अन्तर्गत नेपाल र पीएनजी दुबैले २९ औँ खेल खेल्दैछन् । यसअघि नेपालले २८ मध्ये १२ खेल जितेको छ । पीएनजीले भने २ खेल मात्र जित्न सकेको छ ।

नेपालले २८ खेलबाट २६ अंक जोड्दा पीएनजीको केवल ५ अंक छ ।

पछिल्ला पाँच एकदिवसीय खेल हेर्दा नेपालले ३ खेलमा जित हात पार्दा पीएनजीले २ खेल जितेको छ ।

आइसिसी विश्वकप छनोट : नेपाललाई पपुवा न्युगिनीमाथि जित्नैपर्ने दबाब

इकागज | फागुन १५, २०७९

काठमाडौँ- आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत नेपालले पहिलो खेल पपुवा न्युगिनी...

राखेप सदस्य सचिव भन्छन्: सन्दीपसँग प्रधानमन्त्रीले हात मिलाएको बिषयलाई उछाल्ने कार्य भयो

इकागज | फागुन १४, २०७९

काठमाडौँ- राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंक लाल घिसिङले नेपाल क्रिकेट संघले राष्ट्रिय टि...

क्यान कार्यवाहक सचिवको नियुक्ति विधान विपरीत छः क्यान केन्द्रीय सदस्य

इकागज | फागुन १४, २०७९

काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान) का सात केन्द्रीयसहित ९ जनाले क्यानका कार्यवाहक सचिवको नियुक्ति विधान...