क्रिकेट

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२

युएईमाथि नेपालको ४२ रनको जित, वर्ल्डकप क्वालिफाएरमा छनौट हुने सम्भावना कायमै

इकागज | फागुन २२, २०७९

काठमाडौँ– युनाइटेड अरब इमिरेट्स (युएई) मा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको अन्तिम खेलमा नेपालले युएईलाई ४२ रनले हराएको छ । २३० रनको लक्ष्य पछ्याएको युएई ४८ ओभर खेल्दै १९० रनमा समेटिएको छ । यो जितसँगै नेपालको वर्ल्डकप क्वालिफायर खेल्ने सम्भावना कायमै भएको छ ।

लिग–२ मा बाँकी नेपालमा हुने अन्तिम सिरिजमा नेपालले पिएनजी र युएईसँगै खेल्ने छ । उक्त सिरिजमा ४ वटै खेल जितेमा नेपाल समूहमा तेस्रो हुँदै वर्ल्डकप क्वालिफायरमा छनौट हुनेछ । 

सोमबार दुबई इन्टरनेसनल स्टेडियममा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २२९ रन बनाएको थियो  ।
नेपालका लागि भिम सार्कीले ९९ बलमा सर्वाधिक ७० रनको योगदान गरे । उनले ७ चौका हिर्काए । पाँच एकदिवसीय अन्तर्राष्ट्रिय खेलका भिमको यो पहिलो अर्धशतक हो ।

आरिफ शेखले ४३ रनको योगदान गर्दा कुशल मल्लले ३२ रन जोडे । सन्दीप लामिछानेले २७ रन बनाए ।

युएईका जुनैद सिद्धिकीले ३ तथा रोहन मुस्तफा र आर्यन लकराले समान २–२ विकेट लिए ।

यस्तै २३० रनको लक्ष्या पछ्याएको युएईका लागि आसिफ खानले सर्वाधिक ८२ रन बनाए । आर्यन लार्काले ५०, वृत्त अरविन्दले १३ रन बनाएका थिए । 

यस्तै युएईलाई २३० मा समेटन नेपालका सोमपाल कामी र दिपेन्द्र सिंह ऐरिले समान ३–३ विकेट लिएका हुन्  भने करण केसी, सन्दीप लामिछाने र आरिफ शेखले समान १-१ विकेट लिएका हुन् ।