क्रिकेट

कप्तान वासिमले शतक पूरा गर्दा यूएईले पीएनजीलाई हरायो

इकागज | चैत १, २०७९

काठमाडौँ- कीर्तिपुरमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा युनाइटेड अरब इमिरेट्स (यूएई) ले पपुवा न्यूगिनी (पीएनजी) लाई पराजित गरेको छ । त्रिवि क्रिकेट मैदानमा बुधबार भएको खेलमा यूएईले पीएनजीलाई ६ विकेटले पराजित गर्‍यो ।

२ सय ३५ रनको लक्ष्य यूएईले ३८ ओभर ४ बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो । यूएईलाई जित दिलाउन कप्तान मुहम्मद वासिमले ७६ बलमा सर्वाधिक १ सय १९ रनको योगदान गरे । एकदिवसीयमा पहिलो शतक पूरा गरेका वासिमले ६ चौका तथा १२ छक्का हिर्काए । उनी लिग-२ को एकै इनिङ्समा सर्वाधिक छक्का प्रहार गर्ने खेलाडी समेत बनेका छन् ।

भृत्य अरविन्दले ३३ रन बनाए । आयान अफजल खानले २७ रन तथा चुन्डानगापोयिल रिजवानले २९ रन जोडे । पीएनजीका रिले हेकुरेले २ तथा जोन कारिको र काबुआ मोरियाले १-१ विकेट हात पारे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पीएनजीले लिग-२ को आफ्नो अन्तिम खेलको निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २३४ रन बनायो ।

पीएनजीका लागि असाद भालाले सर्वाधिक ६५ रनको योगदान गरे । नोरमन भानुआले ३१ बलमा ४९ रन बनाए । उनले १ चौका र ५ छक्का हिर्काए । रिले हेकुरेले ३३ रन, किपलिन डोरिगाले २४ रन तथा चार्लस अमिनीले २२ रन जोडे ।

यूएईका लागि हजरत विलालले ४ तथा जावर फरिद र रोहन मुस्तफाले १-१ विकेट हात पारे ।

गतवर्ष अन्तिम खुड्किलोमा बाधक बनेको यूएईलाई हराउँदै नेपालले तय गर्ला विश्वकप छनाेट यात्रा ?

सञ्जीव शाह | फागुन ३०, २०७९

काठमाडौँ- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको अन्तिम खेलमा नेपा...

'वर्ल्ड रेकर्ड' कायम गर्न सन्दीप लामिछाने दुई विकेट टाढा

इकागज | फागुन २९, २०७९

काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान तथा लेग स्पिनर सन्दीप लामिछाने एकदिवसीय अन्तर्राष्ट्रिय...

सन्दीपले ५ विकेट लिएपछि नेपाललाई पीएनजीले दियो झिनो लक्ष्य

इकागज | फागुन २९, २०७९

काठमाडौँ- कीर्तिपुरमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको ...