क्रिकेट

नेपाली खेलाडीको क्षमता अद्भुत छः प्रशिक्षक मोन्टी देशाई

इकागज | चैत २, २०७९

काठमाडौँ - नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले आरिफ शेख र गुल्सन झाको ब्याटिङको सहयोगमा नेपालले सुखद् नतिजा निकाल्न सफल भएको बताएका छन् । लिग–२ को अन्तिम खेलमा युएईबिरुद्ध डिएलएस पद्धतिमा ९ रनको जित निकालेपछिको पत्रकार सम्मेलनमा कप्तान पौडेलले शुरुवात खराब भएपनि आरिफ र गुल्सनको साझेदारी इनिङको सहयोगमा जित सम्भव भएको बताएका हुन् । 

शुरुवात नराम्रो भएपनि यस अघिका खेलबाट बटुलेको अनुभवको आधारमा अगाडि खेल्दै जाँदा सुखद्न नतिजा निस्किने विश्वासका साथ खेलेको बताए । यो बीचमा आरिफ र गुल्सनको साझेदारी नै महत्वपूर्ण रहेको बताए । राम्रो रनको लक्ष्य भएपनि दोस्रो इनिङमा विकेट राम्रो भएको भन्दै पछ्याउनसक्ने विश्वास साथ खेल्न टिम रणनीति बनेको कप्तान रोहितले बताए । 

यस्तै प्रशिक्षक मोन्टी देशाईले ५० ओभरमा ३ सय ११ रनको लक्ष्य सम्हालिएर खेलेको अवस्थामा पछ्याउन कठिन नहुने भन्दै खेलाडीमा आत्मविश्वास रहेको बताए । यही लक्ष्यका साथ खेल्दा आजको खेलमा जित निकाल्न सफल भएको प्रतिक्रिया दिए । खेल अवधिमा विपक्षी टोली केही रणनीति अपनाए पनि अनुशासित ब्याटिङ गर्दा नतिजा पोल्टामा परेको देशाई थपे । नेपालले प्राप्त गरेको सफलता पछि भावुक समेत देखिएका देशाईले समर्थकलाई धन्यवाद दिए । उनले सो क्रममा अहिले भएको टोलीमा धेरै खेलाडीमा अद्भुत क्षमता भएको र भविष्यमा उनीहरुले नेपाली क्रिकेटको लागि राम्रो गर्नसक्ने बताए । 

लिग–२ को अन्तिम खेलमा नेपालले भ्रमणकारी युएईलाई डकवर्थ लेविस पद्धतिको आधारमा ९ रनले पराजित गर्दै नेपालले सिधै विश्वकप छनोटमा स्थानमा बनाउन सफल भयो । नेपालले युएईलाई हराएपछि शीर्ष तीन अटाउँदै विश्वकप छनोट खेल्न योग्य भएको हो । विश्वकप छनोट आगामी जुन र जुलाईमा जिम्बाबेमा हुनेछ । जिम्बाबेमा हुने छनोट खेलमा नेपालले अब टेस्ट मान्यता राष्ट्रसहित अन्य देशसँग छनोट खेल खेल्नेछ । छनोटमा कुल १० टोली हुनेछन् । विश्वकप छनोटमा सुपर लिग–२ का पुछारका पाँच टोली, लिग–२ का शीर्ष तीन टोली नेपाल, ओमान र स्कटल्यान्ड र प्लेअफ क्वालिफायरमा शीर्ष दुई टोली गरी कुल १० टोली हुनेछन् ।

यूएईविरुद्ध कीर्तिमानी लक्ष्य पूरा गर्दै नेपाल विश्वकप छनोटमा पुग्न सफल

इकागज | चैत २, २०७९

काठमाडौँ- नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटमा स्थान बनाएको छ । आईसीसी पुरुष क्रिकेट विश्वकप लि...

नेपाली टोलीलाई हौसला दिन क्रिकेट मैदानमा प्रधानमन्त्री प्रचण्ड (तस्बिरहरू)

इकागज | चैत २, २०७९

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेपाल र यूएईबीचको खेल हेर्न कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रि...

पूर्वक्रिकेटर शक्ति गौचन भन्छन्- धेरै उत्साहित नबनौँ, सम्हालिएर खेले सुखद् नतिजा आउनेछ

इकागज | चैत २, २०७९

काठमाडौँ - पछिल्लो समय नेपाली राष्ट्रिय क्रिकेट टोलीले उच्च नतिजा हात पारिरहेको छ । पछिल्लो समय खेलेका ...

नेपालले आज निर्णायक खेल खेल्दै, युएईलाई हराएर विश्वकप छनोटमा पुग्‍ने लक्ष्य

इकागज | चैत २, २०७९

काठमाडाै - विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज घरेलु टोली नेपालले अन्तिम खेल यूएईसँग खेल्दैछ । किर्त...