क्रिकेट

नेपाली क्रिकेट टोली श्रीलंका प्रस्थान

इकागज | भदौ १६, २०८१

काठमाडौँ - आइसिसी विश्वकप लिग–२ को तयारीको लागि नेपाली राष्ट्रिय क्रिकेट टोली आज श्रीलंका प्रस्थान गरेको छ ।  

भारतको नेसनल क्रिकेट एकेडेमी बेङ्गलोरमा दुई साता अभ्यास गरेर स्वदेश फर्किको टोली आज श्रीलंका प्रस्थान गरेको हो । नेपाली टोलीले श्रीलंकाको डेभ्लपमेन्ट टोलीसँग तीन एकदिवसीय खेल खेल्ने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । क्यानकानुसार नेपालले यही भदौ १८, २० र २२ गते अभ्यास खेल खेल्ने तय भएको छ । 

टोलीमा कप्तान रोहितकुमार पौडेलसहित दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने आसिफ शेख, अनिल शाह, देव खनाल, भीम सार्की र आरिफ शेख छन् । त्यसैगरी कुशल मल्ल, सोमपाल कामी, करण केसी, गुलशन झा, रिजन ढकाल, ललित राजवंशी, आकाश चन्द, सागर ढकाल, सन्दीप जोरा, कुशल भुर्तेल र अर्जुन साउद छन् । 
 

अस्ट्रेलियाको बिग बाश लिगको खेलाडी ड्राफ्टमा सन्दीप र ललित पनि

इकागज | भदौ १२, २०८१

काठमाडौँ- अस्ट्रेलियाको चर्चित टी-२० लिग बिग बाश लिगको खेलाडीको ड्राफ्ट सूची सार्वजनिक भएको छ । सेप्टेम्ब...

टी- २० अन्तर्राष्ट्रिय क्रिकेटमा एक ओभरमा बन्यो सर्वाधिक रनको नयाँ कीर्तिमान

इकागज | भदौ ५, २०८१

काठमाडौँ- टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा एक ओभरमा सर्वाधिक रन बनाउने नयाँ विश्व कीर्तिमान कायम भएक...

क्रिकेट रंगशालाहरू प्राथमिकतामा राखेर काम अगाडि बढाएको छु : खेलकुदमन्त्री चौधरी

इकागज | भदौ ४, २०८१

काठमाडौँ- युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले क्रिकेट खेलाडीका लागि भौतिक पूर्वाधारलाई पहिलो प्राथम...