क्रिकेट

श्रीलंकामा नेपालले अभ्यास खेल खेल्दै

इकागज | भदौ २१, २०८१

काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेटले श्रीलंकामा खेल्ने भनिएको तेस्रो अभ्यास खेल आज हुँदै छ ।

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार नेपाली टिमले श्रीलंकामा श्रीलंका डेभलपमेन्ट स्क्वाडसँग खेल्ने तीन एकदिवसीय खेल अन्तर्गत आज तेस्रो खेल हुन लागेको हो । खेल नेपाली समय अनुसार बिहान सवा १० बजेदेखि शुरु हुँदैछ ।

यसअघि मंगलबार र बुधबार खेल्ने भनिएका पहिलो र दोस्रो खेल बर्षाले रद्ध भएको थियो ।

नेपालले आइसीसी क्रिकेट विश्वकपको लिग - २ को तयारीका लागि श्रीलंकामा अभ्यास खेल्ने भएको हो । श्रीलंकामा अभ्यास खेल खेल्न नेपालले १९ सदस्यीय टिम गएको छ । जसमा कप्तान रोहित पौडेल, आसिफ सेख , अनिल शाह, देव खनाल, भीम सार्की, आरिफ सेख, कुशल मल्ल, सोमपाल कामी, करण केसी, गुलशन झा, रिजन ढकाल, ललित राजबंशी, आकाश चन्द, सागर ढकाल, सन्दीप जोरा, कुशल भुर्तेल, अर्जुन साउद, दिपेन्द्र सिंह ऐरी र सन्दीप लामिछाने रहेका छन् ।

यस अभ्यास खेल पछि नेपालले क्यानडामा हुने आइसीसी क्रिकेट विश्वकप लिग-२ को सिरिज खेल्न त्यसतर्फ जाने छ ।

एनपिएलको कुन टीम कसले किने ? पोखरा साढे तीन करोड बिक्री हुँदा कर्णालीले पायो एक करोड मूल्य

इकागज | भदौ २१, २०८१

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखराको टिम सर्वाधिक मूल्यमा बिक्री भएको छ । नेपाल क्रिकेट सं...

श्रीलंकामा नेपाली राष्ट्रिय क्रिकेट टिमको दोस्रो अभ्यास खेल पनि रद्द

इकागज | भदौ १९, २०८१

काठमाडौँ - नेपाली राष्ट्रिय क्रिकेटले श्रीलंकामा खेल्ने भनिएको दोस्रो अभ्यास खेल पनि वर्षाले रद्द भएक...

पाकिस्तानलाई हराउँदै विश्व टेस्ट च्याम्पियनसिपको चौथो स्थानमा उक्लियो बंगलादेश

इकागज | भदौ १९, २०८१

काठमाडौँ- बंगलादेशले टेष्ट सिरिजमा पाकिस्तानलाई २-० ले पराजित गरेको छ । यसपछि बंगलादेश विश्व टेस्ट च्य...

सन्दीपविरुद्धको मुद्दामा सर्वोच्चमा पुनरावेदनमा जाने तयारीमा सरकार

इकागज | भदौ १७, २०८१

काठमाडौँ - क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दामा सरकारले सर्वोच्च अदालतमा पुनरावेदन ग...