क्रिकेट

श्रीलंकाविरुद्धको टी-२० सिरिजमा भारतको विजयी सुरुवात

इकागज | साउन १३, २०८१

काठमाडौँ - भारतले श्रीलंकाविरुद्धको टी-२० सिरिजमा विजयी सुरुवात गरेको छ । गएराति सम्पन्न सिरिजको पहिलो खेलमा भारत ४३ ले विजयी हुँदै सिरिजमा विजयी सुरुवात गरेको हो । 

भारतले दिएको २१४ रनको लक्ष्य पछाएको श्रीलंकाले १९.२ ओभरमा १७० रन बनाएर अल आउट भएको थियो । श्रीलंकाका लागि पाथुम निसान्काले सर्वाधिक ७९ रन बनाए भने कुसल मेन्डिसले ४५ तथा कुसल परेराले २० रन बनाएका थिए । 

त्यसैगरी भारतीय बलर रियान परागले ३ तथा अर्शदीप सिंह र अक्सर पटेलले २-२ विकेट लिएका थिए भने मोहमद सिराज र रवि विश्नोईले एक एक विकेट लिएका थिए । 

यस अघि टस हारेर पहिला ब्याटिङ गरेको भारतले २० ओभरमा ७ विकेट गुमाउँदै २१७ रन बनाएको थियो ।  भारतका लागि कप्तान सूर्यकुमार यादवले सर्वाधिक ५८ रन बनाएका थिए भने ऋषव पन्तले ४९, यशस्वी जैसवालले ४०, शुभमन गिलले ३८ रन बनाएका थिए ।  त्यसैगरी श्रीलंकाका बलरमाथीसा पाथिरानाले सर्वाधिक ४ विकेट लिएका थिए । 

यो जितपछि भारतले सिरिजमा १-० को अग्रता हासिल गरेको छ । अब सिरिजको दोस्रो खेल आज हुँदै छ । 

      
   
 

टियु क्रिकेट स्टेडियम निर्माणबारे त्रिविका उपकुलपति, रेक्टर र रजिष्टारसँग प्रधानमन्त्रीले गरे छलफल

इकागज | साउन १०, २०८१

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित क्रिकेट मैदानमा रंगशाला निर्माण गर्न जग्गाका बारेमा...

एसिया कप जस्तो ठूलो खेल खेल्न पाउँदा निकै उत्साहित छौं : कप्तान बर्मा [भिडियो]

इकागज | साउन १०, २०८१

काठमाडौँ- एसीसी महिला एसिया कप क्रिकेट खेलेर नेपाली राष्ट्रिय महिला क्रिकेट टिम स्वदेश फर्किएको छ । ...

अमेरिकामा आयोजित टी-२० विश्वकपमा आईसीसीलाई ठूलो घाटा, छानबिन समिति बनायो

इकागज | साउन ८, २०८१

काठमाडौँ- हालै अमेरिका र वेस्ट इन्डिजमा भएको टी–२० विश्वकपमा ठूलो घाटा भएपछि अन्तर्राष्ट्रिय क्रिके...