क्रिकेट

सांसद आचार्यको आरोपप्रति क्यानको खण्डन - क्रिकेटको गरिमा घटायो (विज्ञप्तिसहित)

इकागज | जेठ ३२, २०८१

काठमाडौँ -  नेपाल क्रिकेट संघ (क्यान) ले नेकपा एमालेका सांसद भीम आचार्यले संसदमा टी–२० विश्वकप क्रिकेट प्रतियोगिताका सवालमा क्यानका पदाधिकारीले गरेका गलत काम कारबाहीहरूको छानबिन गर्न माग गरेकोप्रति खण्डन गरेको छ ।

क्यानका अध्यक्ष चतुर बहादुर चन्दले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सांसद आचार्यले संसदमा नेपाली क्रिकेटको विषयमा उठाएको विषयले नेपाली क्रिकेट, संसद र सांसदको गरिमा घटाएको उल्लेख गरेका छन् । उनले हुँदै नभएको कपोलकल्पित कुरा सांसदले उठाएको बताएका छन् ।

उनले क्रिकेटको नाममा राजनीति गर्न खोज्नेहरूले नेपाली क्रिकेट विवादित र विभाजन गर्न खोजेको समेत आरोप लगाएका छन् ।

सांसद आचार्यले जेठ ३० गतेको प्रतिनिधि सभामा ८० डलर पर्ने टिकट १३५ रुपैयाँमा क्यान नेतृत्वले बेचेको भन्दै क्यान नेतृत्वले आर्थिक अपचलन गरेको, नेपाललाई जिताउन नभई हराउन भूमिका खेलेको र खेलाडीको शिर निहुराउने काम गरेको भनेर खेलाडीबाटै गुनासो आएको बताउँदै छानबिन समितिको माग गरेका थिए ।    

टी-२० विश्वकपः आयरल्यान्डलाई पराजित गरे अमेरिका सुपर ८ मा पुग्ने

इकागज | जेठ ३२, २०८१

काठमाडौँ- अमेरिका र वेस्ट इन्डिजमा जारी आईसीसी पुरुष टी-ट्वान्टी क्रिकेट विश्वकपअन्तर्गत अमेरिकाले आज रात...

अफगानिस्तान टी- २० विश्वकपको सुपर आठमा, न्युजिल्याण्ड बाहिरियो

इकागज | जेठ ३२, २०८१

काठमाडौँ- न्युजिल्याण्ड जारी टी -२० विश्वकपबाट बाहिरिएको छ । शुक्रबार बिहान सम्पन्न समुह सी अन्तर्गत अफगान...

वेस्ट इन्डिज जानुपर्ने नेपाली क्रिकेट टिम किन फ्लोरिडामै रोकियो ?

इकागज | जेठ ३१, २०८१

काठमाडौँ- आईसीसी टी-ट्वान्टी क्रिकेट विश्वकपअन्तर्गतको दुई खेल खेल्न वेस्ट इन्डिज जानुपर्ने नेपाली क्रिकेट ट...