क्रिकेट

भारत टी-२० विश्वकपको सुपर आठमा

इकागज | जेठ ३१, २०८१

काठमाडौँ- भारत जारी टी-२० विश्वकपको सुपर आठमा पुगेको छ ।

गएराति सम्पन्न खेलमा भारतले अमेरिकालाई ७ विकेटले पराजित गर्दै लगातार तेस्रो जित हासिल गरेपछि सुपर आठमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

अमेरिकाले दिएको १११ रनको लक्ष्य पछ्याएको भारतले १८.२ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । भारतको जितमा सुर्य कुमार यादवले ५० रन बनाए भने शिभम दुवेले ३१ रन बनाएका थिए ।

यस अघि अमेरिकाले पहिला ब्याटिश्र गर्दै २० ओभर ८ विकेट गुमाउँदै ११० रन बनाएको थियो । अमेरिकाका लागि नितिश कुमारले २७ रन बनाएका थिए भने स्टिभन टेलरले २४ रन बनाएका थिए ।

यो जितपछि समुह ए बाट भारत ३ खेलमा ६ अंकसहित शीर्ष स्थानमा रहेको छ र सुपर आठमा पुगेको छ । त्यस्तै अमेरिकाको भने ३ खेलमा ४ अंक रहेको छ ।

अब भारतले जुन १५ मा क्यानडाविरुद्ध खेल्ने छ भने अमेरिकाले जुन १४ मा आयरल्याण्डविरुद्ध खेल्ने छ ।

क्यानका पदाधिकारीले अमेरिकामा आर्थिक अनियमितता गरे छानबिन गर्नुपर्छ : भीम आचार्य

इकागज | जेठ ३०, २०८१

काठमाडौँ - नेकपा एमालेका सांसद भीम आचार्यले नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारीहरूले अमेरिकामा आर्थ...

काठमाडौँ महानगरले सानो गौचरण, हाँडीगाउँ र चावहिल गणेशस्थानमा विश्वकप क्रिकेट प्रत्यक्ष प्रदर्शन गर्ने

इकागज | जेठ २९, २०८१

काठमाडौँ- आइसीसी टी-२० विश्वकप क्रिकेटका नवौँ संस्करणमा बुधबार बिहान नेपाल र श्रीलंकाबीच हुने खेललाई ...

क्यान अध्यक्ष चन्द भन्छन्- सन्दीपलाई गोप्यरुपमा एक साता अगाडि नै क्यानडा पठाएका थियौं

इकागज | जेठ २९, २०८१

काठमाडौँ - नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले सन्दीप लामिछानेलाई वेस्ट इन्डिज पठ...

क्यानाडासँग हारे पाकिस्तान टी-ट्वान्टी विश्वकपबाट बाहिरिने

इकागज | जेठ २९, २०८१

काठमाडौँ- अमेरिका र वेस्ट इन्डिजमा जारी आईसीसी पुरुष टी-ट्वान्टी क्रिकेट विश्वकपअन्तर्गत पाकिस्तानले आज रा...