क्रिकेट

यी तीन नेपाली क्रिकेटर : जसले खेल्दैछन् क्यानडामा हुने ग्लोबल टी-२० प्रतियोगिता

इकागज | असार ८, २०८१

काठमाडौँ- नेपालका तीन क्रिकेटरले क्यानडामा हुने ग्लोबल टी-२० प्रतियोगिता खेल्ने भएका छन् । नेपाली क्रिकेटर कप्तान रोहित पौडेल, सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरीले ग्लोबल टी-२० खेल्ने भएका हुन् ।

रोहितले टोरन्टो नेशनलबाट खेल्ने छन् भने सन्दीप र दिपेन्द्रले भ्यान्कोभर नाइटसबाट खेल्ने भएका हुन् ।

गत सिजनमा सन्दीप सुर्रे जागुअर्स र दिपेन्द्र मोन्टरियल टाइगर्सबाट खेलेका थिए ।

यस सिजनको ग्लोबल टी-२० जुलाई २५ देखि अगस्त ११ सम्म क्यानडाको ओन्टारियोमा हुँदैछ ।

यो ग्लोबल टी-२० को चौथो सिजन हो ।

यस अघि २०१८ मा भ्यान्कोभर नाइट्स, २०१९ मा विनिपेग ह्वाक्स र २०२३ मा मोन्टरियल टाइगर्सले उपाधि जितेका थिए ।

होपको आक्रामक ब्याटिङमा अमेरिकाविरुद्ध वेस्ट इन्डिजको शानदार जित

इकागज | असार ८, २०८१

काठमाडौँ- आईसीसी पुरुष टी-ट्वान्टी क्रिकेट विश्वकपमा वेस्ट इन्डिजले अमेरिकामाथि शानदार जित हात पारेको छ...

आईएल टी- २० फ्रेन्चाइजी गल्फ जायन्टद्वारा दिपेन्द्र सिंह ऐरीसहित १३ खेलाडी रिटेन

इकागज | असार ७, २०८१

काठमाडौँ- नेपाली राष्ट्रिय टोलीका अलराउन्डर दीपेन्द्र सिंह ऐरीलाई युएईको आईएल टी २० लिग फ्रेन्चाइजी गल्फ ...

टी-२० विश्वकपः दुई सह-आयोजक अमेरिका र वेस्ट इन्डिजबीचको खेल भोलि बिहान

इकागज | असार ७, २०८१

काठमाडौँ- आईसीसी पुरुष टी-ट्वान्टी क्रिकेट विश्वकपअन्तर्गत दुई सह-आयोजक अमेरिका र वेस्ट इन्डिजबीचको खेल भ...

टी-२० विश्वकपः दक्षिण अफ्रिकासामू साविक विजेता इंग्ल्यान्डलाई पराजित गर्ने अवसर

इकागज | असार ७, २०८१

काठमाडौँ- आईसीसी पुरुष टी-ट्वान्टी क्रिकेट विश्वकपअन्तर्गत आज राति दक्षिण अफ्रिकाले साविक विजेता इंग्ल्यान्ड...