क्रिकेट

टी-२० विश्वकप : वेस्ट इन्डिजमाथि इङ्‌ल्याण्ड ८ विकेटले विजयी

इकागज | असार ६, २०८१

काठमाडौँ- इङ्‌ल्याण्डले जारी टी-२० विश्वकपको सुपर आठमा वेस्ट इन्डिजलाई पराजित गरेको छ । बिहीबार बिहान भएको खेलमा इङ्‌ल्याण्डले वेस्ट इन्डिजलाई ८ विकेटले पराजित गरेको हो ।

वेस्ट इन्डिजले दिएको १८१ रनको लक्ष्य पछ्‌याएको इङ्‌ल्याण्डले १७.३ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो ।

इङ्‌ल्याण्डका लागि फिल साल्टले सर्वाधिक ८७ रन बनाए भने जोनी बैरस्ट्रोवले अविजित ४८ रन बनाएका थिए । त्यस्तै कप्तान जोस बटलरले २५ र मोइन अलीले १३ रन बनाएका थिए ।

यस अघि टस हारेर पहिला ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा ४ विकेट गुमाउँदै १८० रन बनाएको थियो । वेस्ट इन्डिजका जोन्सन चार्लेजले सर्वाधिक ३८ रन बनाएका थिए भने निकोलस पुरन र कप्तान रोभमन पावेलले ३६-३६ रन बनाएका थिए । त्यस्तै शेरफान रुदरफोर्डले २८ र ब्रान्डन किंगले २३ रन बनाएका थिए ।

यो जितपछि इङ्‌ल्याण्डले सुपर आठको समुह एकमा महत्वपूर्ण २ अंक हासिल गरेको छ र शीर्ष स्थानमा रहेको छ । अब इङ्‌ल्याण्डले अर्को खेल शुक्रबार राति दक्षिण अफ्रिकासँग खेल्ने तालिका रहेको छ । त्यस्तै वेस्ट इन्डिजले भने शनिबार बिहान अमेरिकासँग खेल्दै छ ।

टी-२० वरीयताः दिपेन्द्र अलराउन्डरतर्फ छैटौं स्थानमा, अरुको अवस्था कस्तो ?

इकागज | असार ५, २०८१

काठमाडौँ- दिपेन्द्र सिंह ऐरीको आईसीसीको टी-ट्वान्टी अन्तर्राष्ट्रिय वरीयतामा सुधार भएको छ । टी-ट्वान्टीक...

विश्वकपमा न्यूजिल्यान्डको खराब प्रदर्शनपछि कप्तानको पदबाट केनको राजीनामा

इकागज | असार ५, २०८१

काठमाडौँ- केन विलियम्सनले न्यूजिल्यान्ड क्रिकेट टिमको कप्तानको पदबाट राजीनामा दिएका छन् । अमेरिका र व...

रोहित पौडेलसँग आक्रामक व्यवहार गरेका बंगलादेशी बलरलाई जरिवाना

इकागज | असार ५, २०८१

काठमाडौँ- नेपालका कप्तान रोहित पौडेलसँग आक्रामक व्यवहार देखाएका बंगलादेशका बलर तान्जिम हसन सकिबलाई म्य...

विश्वकपबाट बाहिरिएपछि न्यूजिल्यान्डका कप्तानको टी-२० भविष्य अनिश्चित

इकागज | असार ४, २०८१

काठमाडौँ- अमेरिका र वेस्ट इन्डिजमा जारी आईसीसी पुरुष टी-ट्वान्टी क्रिकेट विश्वकपको समूह चरणबाटै बाहिरिए...

टी-ट्वान्टी विश्वकपः अफगानिस्तानमाथि वेस्ट इन्डिजको शानदार जित

इकागज | असार ४, २०८१

काठमाडौँ- अमेरिका र वेस्ट इन्डिजमा जारी आईसीसी पुरुष टी-ट्वान्टी क्रिकेट विश्वकपमा वेस्ट इन्डिजले अफगानिस्...