क्रिकेट

टी-ट्वान्टी विश्वकपः श्रीलंकालाई हराउँदै बंगलादेशको विजयी सुरुवात

इकागज | जेठ २६, २०८१

काठमाडौँ- अमेरिका र वेस्ट इन्डिजमा जारी आईसीसी पुरुष टी-ट्वान्टी क्रिकेट विश्वकपमा बंगलादेशले विजयी सुरुवात गरेको छ ।

समूह 'डी' अन्तर्गत अमेरिकामा आज भएको खेलमा बंगलादेशले श्रीलंकालाई २ विकेटले पराजित गर्दै बंगलादेशले विजयी सुरुवात गरेको हो । श्रीलंकाको भने यो लगातार दोस्रो पराजय हो ।

आजको खेलमा श्रीलंकाले दिएको १ सय २५ रनको सामान्य लक्ष्य बंगलादेशले १० ओभरमा ८ विकेट गुमाएर पूरा गर्‍यो । बंगलादेशको जितमा टाउहिड हृदोयले ४० रन तथा लिटोन दासले ३६ रन बनाए ।

श्रीलंकाका लागि नुवान थुसाराले सर्वाधिक ४ विकेट हात पारेपनि टिमलाई जित दिलाउन सकेनन् ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय २४ रन बनाउँदा पाथुम निसांकाले सर्वाधिक ४७ रन बनाए ।

बंगलादेशका लागि रिशद होसेन र मुस्ताफिजुर रहमानले समान ३-३ विकेट हात पारे ।

आइसीसीले भन्यो- न्यूयोर्कको स्टेडियमको पिच सुधारको काम हुँदैछ

इकागज | जेठ २५, २०८१

काठमाडौँ- आइसीसीले जारी टी-२० विश्वकपका खेल भइरहेको अमेरिकाको न्यूयोर्कस्थित नासाउ काउन्टी इन्टरनेसनल स्...

इंग्ल्यान्डसँगको प्रतिस्पर्धात्मक खेल वर्षाले रद्द भएपछि स्कटल्यान्डका कप्तान 'निराश'

इकागज | जेठ २३, २०८१

काठमाडौँ- आईसीसी पुरुष टी-ट्वान्टी क्रिकेट विश्वकपअन्तर्गत वेस्ट इन्डिजमा इंग्ल्यान्डविरुद्धको खेल वर्षाका कार...