क्रिकेट

ओमानलाई हराउँदै युएई एशिया कपमा छनौट

इकागज | बैशाख ९, २०८१

काठमाडौँ- युएई २०२५ को टी-२० एशिया कपमा छनौट भएको छ । एसीसी प्रिमियर कपको फाइनलमा आयोजक ओमानलाई ५५ रनले पराजित गर्दै युएई एशिया कपका लागि छनौट भएको हो ।  

युएईले दिएको २०५ रनको लक्ष्य पछाएको ओमान २० ओभरमा ९ विकेट गुमाउँदै १४८ रन मात्र बनाएको थियो । 

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको युएईले कप्तान मुहमद वासीमको शतकको मद्दतले २० ओभरमा ४ विकेट गुमाउँदै २०४ रन बनाएको थियो ।  

एसीसी प्रिमियर कपको उपाधि जितेको युएईले अब एशिया कप खेल्ने छ । त्यस्तै युएईसहित उपविजेता ओमान र तेस्रो भएको हङकङले इमर्जिङ टिम्स एशिया कप खेल्ने छन् । यस प्रतियोगितामा सेमिफाइनलमा युएईसँग पराजित भएको नेपाल तेस्रो स्थानको लागि भएको खेलमा हङकङसँग पनि पराजित भएको थियो ।  
 

एसीसी प्रिमियर कप : हङकङविरुद्ध नेपालले पहिला ब्याटिङ गर्दै

इकागज | बैशाख ८, २०८१

काठमाडौँ- ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले हङकङविरुद्ध पहिला ब्याटिङ गर्...

लखनउका कप्तान राहुल र चेन्नईका कप्तान रुतुराजलाई जनही १२ लाख जरिवाना

इकागज | बैशाख ८, २०८१

काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपीएल) टिम लखनउ सुपर जायन्ट्सका कप्तान केएल राहुल र चेन्नई सुपर किंग्सक...