क्रिकेट

टी-ट्वान्टी वरीयताः अलराउन्डर र ब्याटिङतर्फ दुई-दुई खेलाडी, बलिङमा शून्य

इकागज | चैत ७, २०८०

काठमाडौँ- आईसीसीको टी-ट्वान्टी अन्तर्राष्ट्रिय वरीयताको ब्याटिङतर्फ शीर्ष एक सयमा केवल दुई खेलाडी परेका छन् ।

आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयताअनुसार ब्याटिङतर्फको शीर्ष एक सयमा कप्तान रोहित पौडेल तथा दिपेन्द्र सिंह ऐरी परेका छन् ।

रोहित ३ स्थान तल ५१ औँ स्थानमा झरेका छन् । उनी यसअघि ४८ औँ स्थानमा थिए । यता दिपेन्द्र पनि ३ स्थान तल ७९ औँ स्थानमा झरेका छन् ।

बलिङतर्फ भने नेपालका कुनै पनि खेलाडी शीर्ष एक सयमा पर्न सकेनन् ।

अलराउन्डरतर्फ भने शीर्ष ४० भित्र दिपेन्द्रसँगै कुशल मल्ल पनि परेका छन् । दिपेन्द्र २२ औँ स्थानबाट ४ स्थान तल २६ औँ स्थानमा झरेका छन् ।

कुशल भने ३२ औँ स्थानबाट २ स्थान तल झरेका छन् । उनी ३४ औँ स्थानमा रहेका छन् ।

एकदिवसीय अन्तर्राष्ट्रियको ब्याटिङतर्फ भने आशिफ शेख ७५ औँ, कुशल भुर्तेल ७८ औँ तथा रोहित पौडेल ९३ औँ स्थानमा छन् ।

एकदिवसीयको बलिङतर्फ सन्दीप लामिछाने ४७ औँ, ललित राजवंशी ५५ औँ, दिपेन्द्र सिंह ऐरी ६३ औँ तथा सोमपाल कामी ८१ औँ स्थानमा छन् ।

अलराउन्डरतर्फ भने दिपेन्द्र सिंह ऐरी ४५ औँ, कुशल मल्ल ५० औँ, सोमपाल कामी ५३ औँ तथा सन्दीप लामिछाने ७३ औँ स्थानमा छन् ।

आयरल्यान्डसँग र गुजरातमा हुने क्रिकेटका लागि नेपाली टिम घोषणा

इकागज | चैत ७, २०८०

काठमाडौँ- आयरल्यान्ड उल्भ्सविरुद्धको टी-ट्वान्टी सिरिज र भारतको गुजरातमा हुने एसएमएस फ्रेन्डशीप कप क्रिकेट ...

अस्ट्रेलियाले फेरि अफगानिस्तानसँगको क्रिकेट सिरिज खेल्न गर्‍यो अस्वीकार

इकागज | चैत ६, २०८०

काठमाडौँ- अस्ट्रेलियाको पुरुष क्रिकेट टिमले फेरि अफगानिस्तानसँगको क्रिकेट सिरिज खेल्न अस्वीकार गरेको छ ।...

नेपालमा धेरैभन्दा धेरै अन्तर्राष्ट्रिय क्रिकेट आयोजनाका लागि वातावरण बनाइदिन आग्रह

इकागज | चैत ६, २०८०

काठमाडौँ- राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य-सचिव टंकलाल घिसिङ र अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आई...

नेपाललाई स्तब्ध पार्दै पीएनजीले जित्यो टी-ट्वान्टी सिरिज

इकागज | फागुन ३०, २०८०

काठमाडौँ- नेपाललाई स्तब्ध पार्दै पपुवा न्यूगिनी (पीएनजी) ले हङकङमा सम्पन्न त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्...

त्रिकोणात्मक टी-२० आई सिरिज : उपाधिको लागि नेपाल र पपुवा न्युगिनी भिड्‌दै

इकागज | फागुन ३०, २०८०

काठमाडौँ- त्रिकोणात्मक टी-२० आई सिरिजको फाइनलमा आज नेपाल र पपुवा न्युगिनी (पीएनजी) भिड्‌दैछन् । ह...

२०२२ मा कार दुर्घटनामा परेका रिशभ पन्तले यस सिजनको आईपीएल खेल्ने

इकागज | फागुन २९, २०८०

काठमाडौँ- सन् २०२२ मा कार दुर्घटनामा परेका भारतीय विकेट-किपर ब्याटर रिशभ पन्तले यस सिजनको इन्डियन प्रिम...