क्रिकेट

टी-ट्वान्टी सिरिज : नेपालले पीएनजीविरुद्ध फाइनल खेल्ने

इकागज | फागुन २९, २०८०

काठमाडौँ- हङकङमा जारी त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको फाइनलमा नेपालले पपुवा न्यूगिनी (पीएनजी) को सामना गर्ने भएको छ ।

मंगलबार भएको निर्णायक खेलमा हङकङलाई १० विकेटले पराजित गर्दै पीएनजीले फाइनलमा स्थान सुरक्षित गरेको हो ।

यसअघि मंगलबार बिहान भएको खेलमा नेपालले पीएनजीलाई नै ८५ रनले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको थियो । नेपाल र पीएनजीबीचको फाइनल बुधबार हुनेछ ।

मंगलबारको खेलमा हङकङले दिएको १ सय २२ रनको लक्ष्य पीएनजीले १२ ओभर ४ बलमा विना विकेटको क्षतिमा पूरा गर्‍यो ।

पीएनजीको जितमा सेसे बाउले ६१ रन तथा टोनी उराले ५१ रन जोडे । यसअघि हङकङले १८ ओभर ३ बलमा सबै विकेट गुमाएर १ सय २१ रन बनायो । हङकङका लागि जिसन अलीले सर्वाधिक ५५ रन जोडे ।

पाँचौँ टेस्टमा इंग्ल्यान्डविरुद्ध भारत एक इनिङ्स र ६४ रनले विजयी

इकागज | फागुन २६, २०८०

काठमाडौँ- घरेलु टोली भारतले इंग्ल्यान्डविरुद्धको पाँच खेलको टेस्ट सिरिजको अन्तिम खेल एक इनिङ्स तथा ६४ रन...

हङकङमा हुने त्रिकोणात्मक सिरिज खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ

इकागज | फागुन २४, २०८०

काठमाडौँ- नेपाल क्रिकेट क्रिकेट संघ क्यानले हङकङमा हुने त्रिकोणात्मक सिरिज खेल्ने नेपाली क्रिकेट टो...

विश्वकप सहभागिताका लागि नेपाली क्रिकेट टिमलाई सरकारले ५ करोड दिने

इकागज | फागुन २३, २०८०

काठमाडौँ- अमेरिका र वेस्ट इन्डिजमा यसै वर्ष आयोजना हुने आईसीसी टी-ट्वान्टी क्रिकेट विश्वकपमा सहभागिताका ...