क्रिकेट

आइसीसी क्रिकेट विश्वकप लिग-२ : आज नेपाल र नेदरल्याण्ड्‌‌स भिड्‌दै

इकागज | फागुन १३, २०८०

काठमाडौँ- नेपालले आज आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको सिरिजको अन्तिम खेलमा आज नेदरल्याण्ड्‌‌ससँग खेल्दैछ ।

त्रिभुवन विश्वविद्यालय कीर्तिपुरस्थित मैदानमा हुने खेल नेपाली समयअनुसार बिहान ९:३० बजेदेखि शुरु हुने छ ।

यस सिरिजमा नामिबियाले आफ्ना चार खेल जितेर ३ जितसहित ६ अंक हासिल गरेको छ भने त्यस्तै लिग– २ को पहिलो सिरिज पनि जितेको छ ।

त्यसैगरी नेदरल्याण्ड्‌‌सको ३ खेलमा २ अंक रहेको छ भने नेपालको पनि ३ खेलमा २ अंक रहेको छ ।

नेपाल र नेदरल्याण्ड्‌‌सबीच अहिलेसम्म केवल चार एकदिवसीय खेल भएका छन् । जसमा नेदरल्याण्ड्‌‌सले २ र नेपालले २ खेल जितेको छ । नेपालले आफ्नो पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेल नेदरल्याण्ड्‌‌ससँग नै सन्‌ २०१८ को अगस्त १ मा खेलेको थियो ।

नेपाल क्रिकेट संघ (क्यान)ले यस सिरिजका लागि रोहित पौडेल (कप्तान), आसिफ शेख, देव खनाल, अनिल शाह, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, पवन सर्राफ, भीम सार्की, दीपेन्द्र सिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी र सूर्य तामाङ रहेको टिम खेलाएको छ ।

लिग–२ मा ८ देश खेलिरहेका छन् । जसमा नेपालसहित नेदरल्याण्ड्‌‌स, नामिबिया, क्यानडा, ओमान, स्कटल्याण्ड, युएई र अमेरिका रहेका छन् ।     

आइसीसीका अनुसार लिग-२ मा शीर्ष ४ स्थानमा रहने टिम विश्वकप क्वालिफायरमा छनोट हुनेछन् भने पछाडि रहेका ४ देशले पनि विश्वकपमा छनोट हुने अवसर पाउनेछन् । 

टेस्ट क्रिकेट : दोस्रो दिनको समाप्तिमा इंग्ल्यान्डविरुद्ध भारत १३४ रनले पछाडि

इकागज | फागुन १२, २०८०

काठमाडौँ- पाहुना टोली इंग्ल्यान्डविरुद्धको पाँच खेलको टेस्ट सिरिजको चौथो खेलको दोस्रो दिन समाप्त हुँदा भ...

एक खेलअगावै अस्ट्रेलियाले जित्यो न्यूजिल्यान्डविरुद्धको टी-ट्वान्टी सिरिज

इकागज | फागुन ११, २०८०

काठमाडौँ- पाहुना टोली अस्ट्रेलियाले एक खेलअगावै न्यूजिल्यान्डविरुद्धको तीन खेलको टी-ट्वान्टी क्रिकेट सिरिज...

टी-ट्वान्टी सिरिजः अस्ट्रेलियाले न्यूजिल्यान्डविरुद्ध पूरा गर्‍यो २१६ रनको लक्ष्य

इकागज | फागुन ९, २०८०

काठमाडौँ- पाहुना टोली अस्ट्रेलियाले न्यूजिल्यान्डविरुद्धको तीन खेलको टी-ट्वान्टी सिरिजको पहिलो खेलमा रोमा...