क्रिकेट

आईसीसी विश्वकप क्रिकेट लिग-२

नेपाल नामिबियासँग ४ विकेटले पराजित

इकागज | फागुन ३, २०८०

काठमाडौँ- नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको छ । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको पहिलो खेलमा नामिबियाले नेपाललाई ४ विकेटले पराजित गरेको हो ।

नेपालले दिएको १३३ रनको लक्ष्य पछाएको नामिबियाले ३३.१ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो । नेपालका लागि सोमपाल कामीले ३, ललित राजबंशीले २ तथा रोहित पौडेलले एक विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपाल ४१.१ ओभरमा १३२ रन बनाएर अलआउट भएको थियो ।

नेपालका भीम सार्कीले सर्वाधिक ४४ रन बनाएका थिए । त्यस्तै गुलशन झाले २१, कुशल मल्लले १५, पवन सराफले १२, अनिल शाहले ८, करण केसीले १६, आसिफ सेखले ४, सोमपाल कामीले २, कप्तान रोहित पौडेलले १ रन बनाएका थिए ।

त्यस्तै नामिबियाका बलर गेर्हार्ड एरासमसले सर्वाधिक ५ विकेट लिएका थिए भने रुबेन ट्रम्पेलम्यान र ज्याक ब्रासेलले २-२ विकेट लिएका थिए । त्यस्तै जान निकोलले एक विकेट लिएका थिए । योसँगै लिग-२ मा नामिबियाले २ महत्वपूर्ण अंक हासिल गरेको छ । अब यस सिरिजको अर्को खेल आगामी शनिबार नेपाल र नेदरल्याण्डसविरुद्ध हुने तालिका रहेको छ ।

भारतविरुद्धको तेस्रो टेस्टका लागि इंग्ल्यान्डको टिममा एक परिवर्तन

इकागज | फागुन २, २०८०

काठमाडौँ- भारतविरुद्धको तेस्रो टेस्ट क्रिकेट खेलका लागि पाहुना टोली इंग्ल्यान्डले टिममा एक परिवर्तन गरेको...

एसीसी प्रिमियर कप : सिताले ह्याट्रिक गर्दा कुवेत ७३ रनमा सीमित

इकागज | फागुन २, २०८०

काठमाडौँ- मलेसियामा जारी एसीसी महिला प्रिमियर कप टी-ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत कुवेतले नेपालला...

अर्जुन र रिजनलाई हटाएर क्यानले किन अनिल र देवलाई टिममा राख्यो ?

सञ्जीव शाह | फागुन २, २०८०

काठमाडौँ- बिहीबारबाट कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२...