क्रिकेट

वेस्ट इन्डिजसँग हार्‍यो अस्ट्रेलिया

इकागज | फागुन १, २०८०

काठमाडौँ- तीन खेलको टी-ट्वान्टी सिरिजको अन्तिम खेलमा पाहुना टोली वेस्ट इन्डिजले अस्ट्रेलियामाथि जित हात पारेको छ ।

मंगलबार पर्थमा भएको खेलमा वेस्ट इन्डिजले घरेलु टोली अस्ट्रेलियालाई ३७ रनले पराजित गरेको हो । यससँगै अस्ट्रेलियाले सिरिज २-१ ले जितेको छ । अस्ट्रेलियाले यसअघिका दुवै खेल जितेको थियो ।

मंगलबारको खेलमा २ सय २१ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८३ रनमात्र बनाउन सक्यो ।

अस्ट्रेलियाका लागि डेभिड वार्नरले ४९ बलमा ९ चौका र ३ छक्काको मदतमा ८१ रन बनाए पनि जितका लागि पर्याप्त भएन । टिम डेभिडले ४१ रन जोडे ।

वेस्ट इन्डिजका लागि रोमारियो शेफर्ड र रोस्टन चेजले २-२ विकेट हात पारे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय २० रन बनाउँदा आन्द्रे रसेलले ७१ रन तथा शेर्फान रुदरफोर्डले ६७ रनको योगदान गरे ।

अस्ट्रेलियाका लागि जाभियर बार्टलेटले सर्वाधिक २ विकेट लिए ।

महिला टी-ट्वान्टी अन्तर्राष्ट्रियमा रुविना क्षेत्रीको कीर्तिमानी शतक

इकागज | फागुन १, २०८०

काठमाडौँ- महिलाको टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका लागि शतक पूरा गर्ने रुविना पहिलो खेलाडी ब...

ज्ञानेन्द्र, शक्ति र रिजनले पूरा गरे आईसीसी लेभल-२ कोचिङ कोर्ष

इकागज | फागुन १, २०८०

काठमाडौँ- पूर्व नेपाली राष्ट्रिय क्रिकेटर ज्ञानेन्द्र मल्ल, शक्त गौचन र रिजन प्रजुले इन्टरनेसनल क्रिकेट काउन्स...

एसीसी प्रिमियर कपः माल्दिभ्सविरुद्ध नेपालले पहिला ब्याटिङ गर्ने

इकागज | फागुन १, २०८०

काठमाडौँ- मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले माल्दिभ्सविरुद्ध पहि...

नेपाल र क्यानडाबीचको अन्तिम खेल आज, सिरिज 'क्लीन स्वीप' गर्ने प्रयासमा नेपाल

इकागज | माघ २९, २०८०

काठमाडौं -  नेपाली राष्ट्रिय क्रिकेट टिमले आज क्यानाडाविरुद्धको एकदिवसीय सिरिजको तेस्रो तथा अ...