क्रिकेट

सेमिफाइनलमा नेपाललाई हराएको मलेसिया फाइनलमा पराजित

इकागज | फागुन ६, २०८०

काठमाडौँ- आयोजक मलेसियालाई पराजित गर्दै युनाइटेड अरब इमिरेट्स (यूएई) एसीसी महिला प्रिमियर कप टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।

क्वालालम्पुरस्थित बायुमास ओभलमा आइतबार भएको फाइनलमा यूएईले मलेसियालाई ३७ रनले पराजित गरेको हो ।

उपाधिका लागि १ सय ६ रनको लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ६८ रनमात्र बनाउन सक्यो ।

मलेसियाका लागि नुर दानियाले १६ रन तथा एल्सा हन्टरले १५ रन बनाए । यूएईका लागि हिना होचानडानी र वैष्णव महेशले समान २-२ विकेट हात पारे ।

यसअघि पहिले ब्याटिङ गरेको यूएईले भने निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय ५ रन बनायो । यूएईका लागि कप्तान इशा ओजाले ५३ रन तथा कविशा इगोदेजले ३० रन जोडे ।

यसअघि सेमिफाइनलमा भने मलेसियाले नेपाललाई ४ विकेटले पराजित गर्दै फाइनलको यात्रा तय गर्नुका साथै एसीसी महिला एसिया कपमा पनि स्थान सुरक्षित गरेको थियो ।

क्रिकेट लिग-२ : नेपालविरुद्ध नेदरल्यान्ड्स १३७ रनमै अलआउट

इकागज | फागुन ५, २०८०

काठमाडौँ- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको पहिलो त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको...