क्रिकेट

एनपिएलमा चल्न नसकेको ‘पोखरा एभेन्जर्स’

इकागज | पुस १, २०८१

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपिएल)को ट्रफी सार्वजनिक गर्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका थिए , “पोखरा एभेन्जर्सका मार्की खेलाडी कुशल भुर्तेल बलर हुन् कि ब्याटर छुट्ट्याउन गाह्रो हुने उहाँको कौसल छ । मैले मात्र होइन्, विश्वले नै छुट्याउन सकिरहेको छैन जस्तो लाग्छ ।”

जारी एनपिएलमा पोखराका कप्तान तथा मार्की खेलाडी कुशललाई बलर हुन् कि ब्याटर छुट्याउनै सकस पर्‍यो । उनी नत ब्याटिङतर्फ चल्न सके, न बलिङमा नै जमे । नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर भुर्तेललाई लिएर जुन अपेक्षा गरिएको थियो । त्यो अपेक्षा पूरा हुन सकेनन् । जारी एनपिएलमा कप्तान कुशलको प्रदर्शन निराशाजनक रहे जस्तै ‘पोखरा एभेन्जस’ पनि खेलमा अगाडि बढ्न सकेन । 

चल्न नसकेको ब्याट

पोखरा एभेन्जर्सका कप्तान तथा मार्की खेलाडी हुन्, नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर भुर्तेल । एनपिएलमा कुशलको प्रदर्शन खासै राम्रो भने हुन सकेन । आफ्नो पहिलो खेलमा चितवन राइनोजविरूद्ध ब्याटिङतर्फ उनी पहिलो बलमै आउट हुन पुगेका थिए । चितवनसँगको खेलमा बलिङतर्फ पनि एक ओभरमै १० रन खर्चिएका थिए । तर, खेलमा उनले तीन वटा क्याच भने समातेका थिए ।

दोस्रो खेलमा पनि जनकपुर बोल्ट्सविरूद्ध उनी चल्न सकेनन् । उनी जनकपुरविरूद्ध ६ बलमा एकचौका प्रहार गर्दै ६ रन मात्रै बनाएर आउट हुन पुगे । बलिङतर्फ पनि दुई दशमलव एक ओभरमा १८ रन खर्चिदैँ एक विकेट मात्रै हात पारे । तेस्रो खेलमा भने पोखराले लुम्बिनी लायन्सलाई १० विकेटले हरायो । यो खेलमा कप्तान भुर्तेलले बलिङ गरेनन् । ओपनर दुई खेलाडी एन्ड्रिज गौस र दिनेश खरेलले अविजित रहदैँ खेल जितेपछि भुर्तेललाई ब्याटिङ गर्नुपरेन । 

चौँथो खेलमा पोखरा कर्णाली याक्ससँग ७ विकेटले पराजित भयो । यो खेलमा भुर्तेलले पोखराको लागि १० रन मात्रै बनाए । उनले ११ बलमा एक छक्काको मद्दतले १० रन मात्रै बनाए । यद्यपि, बलिङतर्फ एक ओभरमा १४ रन खर्चिएर एक विकेट भने हात पारे । 

आफ्नो पाचौँ खेलमा पोखराले विराटनगर किङ्ग्सलाई सुपरओभरमा हराएको थियो । यो खेलमा कुशलको ब्याट मैदानमा केही समय टिक्यो । कुशलले ब्याटिङतर्फ विराटनगरविरूद्ध ३१ रन जोडे । बलिङतर्फ पनि ४ ओभरमा ३२ रन खर्चिएर एक विकेट हात पारे । 

छैठौँ खेलमा पोखरा काठमाडौँसँग स्तब्ध बन्यो । काठमाडौँले पोखरालाई ६ विकेटले हरायो । यो खेलमा पनि कुशलको प्रदर्शन निराशाजनक नै रह्यो । कुशलले काठमाडौँविरूद्ध ब्याटिङतर्फ १० बलमा ७ रन बनाएर आउट भए । बलिङतर्फ एक विकेट पनि झार्न सकेनन् । तर, २ ओभर बलिङ गरेका भुर्तेलले १२ रनमात्रै खर्चिए । 

एनपिएलको लिग चरणको आफ्नो सातौँ अर्थात् अन्तिम खेलमा पनि भुर्तेलको ब्याट चल्नै सकेन् । सुदूरपश्चिम रोयल्सले उक्त खेलमा पोखरालाई ५ रनले हरायो । सुदूरपश्चिम रोयल्सविरूद्ध भुर्तेल ब्याटिङतर्फ शून्य रनमै आउट भए । तर, बलिङतर्फ भने २ विकेट हात पारे । ४ ओभर बलिङ गरेका भुर्तेलले २७ रन भने खर्चिए । 

जारी एनपिएलका ७ वटा खेलबाट पोखराका कप्तान भुर्तेलले कूल ५४ रन बनाएका छन् । उनले उच्च स्कोर ३१ छ, जुन उनले विराटनगरविरूद्ध बनाएका थिए । जारी एनपिएलमा भुर्तेलले दुई छक्का र चार चौका प्रहार गरेका छन् । एनपिएलमा उनले कूल पाँच विकेट आफ्नो नाममा दर्ता गरेका छन्,भने एक सय १३ रन खर्चिएका छन् । 

विदेशी खेलाडीको सन्तोषजनक प्रदर्शन 

पोखराले एनपिएलका लिग चरणका सातवटा दुई वटा खेल मात्रै जित्यो । पोखराको खेलमा विदेशी खेलाडीले सक्दो प्रयार गरे । तर, स्वदेशी खेलाडी मैदानमा चल्न नसक्दा पोखराको प्रदर्शन निराशाजनक रह्यो । पोखराबाट नेदरल्याण्डका बास डे लिड, वेष्ट इन्डिजका रेमन रेफर, इग्ल्याण्डका म्याट क्रिचले र जेन मलिक, स्कटल्याण्डका माइकल लीस्क, अमेरिकाका एन्ड्रिज गौस एनपिएल खेलेका थिए । उनीहरूको प्रदर्शन सन्तोषजनक नै रह्यो । 

पोखराबाट एनपिएलका ७ वटै खेल खेलेका माइकल लीस्कले कुल ४४ रन बनाउँदा बलिङतर्फ तीन विकेट हात पारे । वेष्ट इन्डिजका रेमन रेफरको पनि एनपिएलमा प्रदर्शन सन्तोषजनक नै रह्यो । पोखराबाट लिग चरणका सबै खेल खेलेका उनले कूल १४६ रन बनाए भने ५ विकेट आफ्नो नाममा दर्ता गरे । 

अमेरिकाका एन्ड्रिज गौस पोखराबाट एनपिएलका ६ खेल खेले । ६ खेलबाट उनले कूल दुई सय २४ रन बनाए । उनले एक शतक पनि प्रहार गरे । ४ खेल खेलका इंग्ल्याण्डका म्याट क्रिचलेले कुल ३२ रन बनाउँदा एक विकेट आफ्नो नाममा दर्ता गरे । इंग्ल्याण्ड जेन मलिकले दुई खेलबाट १४ रन जोड्दा नेदरल्याण्डका बास डे लिडले एक खेलबाट दुई विकेट आफ्नो नाममा दर्ता गरे । 

चल्नै नसकेका स्वदेशी खेलाडी 

पोखराबाट एनपिएल खेलेका केही स्वदेशी खेलाडीको प्रदर्शन मध्यम रहेपनि केही खेलाडी भने चल्नै सकेनन् । आशा लाग्दा केही खेलाडीले निराशाजनक प्रदर्शन गर्न गरे । पोखराबाट खेलेका दिनेश खरेलको प्रदर्शन भने प्रशंसनीय नै रह्यो । उनले ७ खेलबाट एक सय ६२ रन बनाए । साथै, एक विकेट पनि आफ्नो नाममा दर्ता गराए । यस्तै, ७ वटै खेल खेलेका विपीन खत्रीले कुल २४ रन बनाउँदा बलिङतर्फ ९ विकेट लिए । 

पोखराबाटै ७ खेल खेलेका सागर ढकालले कूल २ रन बनाउँदा बलिङतर्फ भने ५ विकेट आफ्नो नाममा दर्ता गरे । दिलीपनाथ र नारायण जोशी पोखराबाट ६/६ खेल खेले । दिलीपले ६ खेलबाट ४६ रन बनाए भने जोशीले ३८ रन बनाए ।

पोखराबाट ४ वटा खेल खेलेका आकाश चन्दले एक रन मात्रै बनाउँदा तीन खेल खेलेका किरण ठगुन्नाले ३३ रन बनाउन सफल भए । पोखराबाट एक खेल खेलेका आर्कषित गोमेलले ८ रन जोड्दा एक खेल खेलेका त्रितराज दास र सुदीप अर्यालले एक रन पनि जोड्न सकेनन् ।
 

विराटनगरमाथि काठमान्डुको १ विकेटको जित, 'प्लेअफ'मा पुग्‍न सुदूरपश्चिमको भर

इकागज | मंसिर ३०, २०८१

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किंगसमाथि काठमान्डु गुर्खाजले जित निकालेको छ । आइतब...

विराटनगर किंग्सले काठमान्डु गुर्खाजलाई दियो जितका लागि ११८ रनको लक्ष्य

इकागज | मंसिर ३०, २०८१

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किंग्सले काठमान्डु गुर्खाजलाई जितका लागि ११८ रन...

पाकिस्तानका विवादास्पद फस्ट बलर आमिरले लिए अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास

इकागज | मंसिर २९, २०८१

इस्लामबाद - पाकिस्तानी फास्ट बलर मोहम्मद आमिरले शनिबार अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् ।...

एनपिएलः कप्तान मल्लको अर्धशतक, चितवनले जनकपुरलाई दियो १८१ रनको लक्ष्य

इकागज | मंसिर २९, २०८१

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज भएको दोस्रो खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्ससामू ...