क्रिकेट

नेपालले अमेरिकाविरुद्धको दोस्रो टी-२० खेल भोलि बिहान खेल्दै

इकागज | कात्तिक ३, २०८१

काठमाडौँ- नेपालले भोलि बिहान अमेरिकाविरुद्धको टी- २० सिरिजको दोस्रो खेल खेल्दै छ । नेपाली समय अनुसार बिहान ५:४५ बजेदेखि शुरु हुने यो खेल अमेरिकाको टेक्सासस्थित ग्राण्ड प्रेरी स्टेडियममा हुने छ ।

सिरिजको पहिलो खेलमा नेपालले १७ रनको जित हासिल गरेर अमेरिका टुरको सकारात्मक शुरुवात गरेको छ ।

अमेरिकामा रहेको नेपाली टिममा रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्शन झा, रिजन ढकाल, ललित राजबंशी र देव खनाल रहेका छन् । त्यस्तै सन्दीप लामिछाने पनि भिसा प्राप्त गरेर अमेरिका पुग्ने क्रममा रहेकाले यस खेलमा भने उपलब्ध हुने छैनन् ।

त्यस्तै अमेरिकाले पनि नेपालविरुद्धको टी-२० सिरिजका लागि १५ सदस्यीय टिम नेपाल विरुद्ध खेलिरहेको छ ।  अमेरिकी टिममा मोनांक पटेल (कप्तान), एन्ड्रिज गौस, अभिषेक पराडकर, एरोन जोन्स, हरमित सिंह, जुआनोय ड्रिसडेल, मुहम्मद अली खान, मिलिन्द कुमार, नोस्थुषा केन्जिगे, जसदीप सिंह, सौरभ नेत्रावलकर, साइतेजा मुक्कामल्ला, शायन जहांगीर, उत्कर्ष श्रीवास्तव र यासिर मोहम्मद रहेका छन् ।

नेपालले सिरिजको तेस्रो खेल सोमबार खेल्ने तालिका छन् ।  

महिला टी- २० विश्वकपको फाइनलमा दक्षिण अफ्रिका र न्युजिल्याण्ड भिड्ने

इकागज | कात्तिक ३, २०८१

काठमाडौँ- आइसीसी महिला टी-२० विश्वकपको फाइनलमा दक्षिण अफ्रिका र न्युजिल्याण्ड भिड्ने भएका छन् । न्युजिल्...

वेस्ट इन्डिजलाई हराउँदै न्युजिल्याण्ड महिला टी-२० विश्वकपको फाइनलमा

इकागज | कात्तिक ३, २०८१

काठमाडौँ- न्युजिल्याण्ड आइसीसी महिला टी-२० विश्वकपको फाइनलमा पुगेको छ । शुक्रबार राति सम्पन्न सेमिफाइ...

इङ्‌ल्याण्डविरुद्धको दोस्रो टेस्टमा पाकिस्तानको शानदार जित

इकागज | कात्तिक २, २०८१

काठमाडौँ- पाकिस्तानले इङ्‌ल्याण्डविरुद्धको दोस्रो टेस्ट जितेको छ । शुक्रबार टेस्टको चौथो दिन पाकिस्तान...

नेपाली राष्ट्रिय क्रिकेट टिमको मेन्टरमा पुबुदु दासानायके नियुक्त

इकागज | कात्तिक १, २०८१

काठमाडौँ - नेपाली टोलीको पूर्व मुख्य प्रशिक्षक पुबुदु दासानायके राष्ट्रिय क्रिकेट टोलीको मेन्टरमा नि...