क्रिकेट

यू-१९ प्रिमियर कपः वर्षाका कारण नेपाल र यूएईबीचको खेल प्रभावित

इकागज | कात्तिक ७, २०८०

काठमाडौँ- मलेसियामा जारी एसीसी यू-१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र युनाइटेड अरब इमिरेट्स (यूएई) बीचको फाइनल वर्षाका कारण प्रभावित बनेको छ ।

नेपालले दिएको २ सय ८१ रनको लक्ष्य यूएईले पछ्याइरहँदा क्वालालम्पुरस्थित बायुमास ओभलमा वर्षाले खेल प्रभावित बनेको हो । यूएईले ११ ओभर २ विकेट गुमाएर ५० रन जोडेको छ ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २८० रन बनायो ।

नेपालका लागि कप्तान देव खनालले ९२ बलमा ९ चौका र ३ छक्काको मदतमा १ सय रन बनाए । उत्तम रंगु थापा मगरले ५७ रन तथा अर्जून कुमालले ५५ रन बनाए । दिपक प्रसाद डुम्रेले २८ रन जोडे ।

यूएईका लागि हारित सेट्टीले सर्वाधिक ५ तथा आयान अफजल खानले २ र अमर बदामीले १ विकेट लिए ।

यू-१९ प्रिमियर कपः देवको शतकमा नेपालले यूएईलाई दियो २८१ रनको लक्ष्य

इकागज | कात्तिक ७, २०८०

काठमाडौँ- मलेसियामा जारी एसीसी यू-१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनलमा नेपालले युनाइटेड अरब ...

त्रिकोणात्मक सिरिजः यूएईविरुद्ध नेपाललाई पहिलो ओभरमै विकेट

इकागज | कात्तिक ६, २०८०

काठमाडौँ- त्रिकोणात्मक टी-ट्वान्टी सिरिजअन्तर्गत घरेलु टोली नेपालले चौँथोँ खेलमा युनाइटेड अरब इमिरेट्स (...

त्रिकोणात्मक सिरिजः नेपालले यूएईविरुद्ध पहिला बलिङ गर्ने

इकागज | कात्तिक ६, २०८०

काठमाडौँ- त्रिकोणात्मक टी-ट्वान्टी सिरिजअन्तर्गत घरेलु टोली नेपालले चौँथोँ खेलमा युनाइटेड अरब इमिरेट्स (...

त्रिकोणात्मक सिरिजः फाइनलमा पुगिसकेको नेपालले आज यूएईविरुद्ध खेल्दै

इकागज | कात्तिक ६, २०८०

काठमाडौँ- त्रिकोणात्मक टी-ट्वान्टी सिरिजअन्तर्गत घरेलु टोली नेपालले आज चौँथोँ खेलमा युनाइटेड अरब इमिरेट्...