कूटनीति

दार्चुलामा नेपाल–भारत जोड्ने मोटरेबल पुलको शिलान्यास

इकागज | असोज ३, २०७९

कैलाली - दार्चुलामा नेपाल–भारत जोड्ने मोटरेबल पुलको शिलान्यास गरिएको छ। सोमबार महाकाली नगरपालिका ८ असिगडा र भारततर्फ पिथौरागढ जिल्लाको धारचुला तहसिल बलुवाकोट नजिकको छारछुम जोड्ने पुलको वारि र पारी संयुक्त रूपमा शिलान्यास गरिएको हो।

एक कार्यक्रमका बीच नेपालतर्फ नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू र भारततर्फ उत्तराखण्डका मुख्यमन्त्री (सीएम) पुष्करसिंह धामीले संयुक्तरुपमा पुलको शिलान्यास गरेका हुन्। 

यसअघि कञ्चनपुर, कैलालीमा मोटेरेबल पुल भएपनि पहाडी जिल्लामा दुई देश जोड्ने पक्की पुल बनेको थिएन । पुल निर्माण सम्पन्न भइसकेपछि सरकारी र नागरिक स्तरमा दुई देशको सम्बन्ध मजबुत हुनुका साथै दार्चुलाको स्थानीय कृषि उत्पादन, जडिबुटी, धातु र कच्चापदार्थको अन्तर्राष्ट्रिय व्यापारमा समेत सहज हुने मन्त्री बडुले बताए । 

भारतीय पक्षले निर्माण गर्ने एक सय १० मिटर लम्बाईको उक्त मोटरेबल पुलको शिलान्याससँगै त्रिदेशीय सीमा जोडिएको क्षेत्रमा अन्तरदेशीय पुल निर्माणले व्यापारिक मार्गमा जोडिने विश्वास गरिएको छ।

महारानीको अत्येष्टिमा सहभागी हुन् परराष्ट्र मन्त्री खड्का लन्डनमा

इकागज | असोज २, २०७९

लन्डन - परराष्ट्रमन्त्री डा. नारायण खड्का संयुक्त अधिराज्य बेलायतकी महारानी एलिजाबेथ द्वितीयको राजकीय अन्त्य...

चिनियाँ नेता ली भ्रमणको सन्देश : नेपाल चीनको प्राथमिकतामा छ

इकागज | भदौ ३०, २०७९

काठमाडौँ- सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा चार दिने नेपाल भ्रमणमा आएका जनवादी गणतन्त्...

दशैंअघि उत्तरी नाका पूर्ण रूपमा सञ्चालन हुन्छ : प्रवक्ता लम्साल

इकागज | भदौ ३०, २०७९

काठमाडौँ- परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले बाढी पहिरोका कारण उत्तरी नाकामा केही समस्या आएपनि द...

परराष्ट्रमन्त्री डा. खड्का एलिजावेथको अन्त्येष्टिमा सहभागी हुन बेलायत जाने

इकागज | भदौ २९, २०७९

काठमाडौँ - परराष्ट्रमन्त्री डा. नारायण खड्का बेलायतकी महारानी एलिजावेथ द्वितीयको अन्त्येष्टिमा सहभागी हुन ...

राष्ट्रपति भण्डारीसँग  चिनियाँ नेता लीको शिष्टाचार भेटवार्ता

इकागज | भदौ २९, २०७९

काठमाडौँ - राष्ट्रपति विद्यादेवी भण्डारीसँग  जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेस, स्थायी समितिका...

चिनियाँ नेता लीले भने- नेपाली कलासंस्कृति चिनियाँ कलासंस्कृतिसँग मिल्दोजुल्दो

इकागज | भदौ २९, २०७९

भक्तपुर - नेपालको चारदिने औपचारिक भ्रमणमा रहेका चिनियाँ जनकंग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्सुले आज...