कूटनीति

नेपालका लागि अमेरिकाका राजदूत थप्सनसँगकाे भेटमा के भने मेयर बालेनले ?

इकागज | मंसिर १५, २०७९

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) सँग नेपालका लागि अमेरिकाका राजदूत डीन आर. थम्पसनले परिचयात्मक शिष्टाचार गरेका छन्। भेटका लागि राजदूत थम्पसन प्रमुखको कार्यकक्ष राष्ट्रिय सभा गृहमा आएका थिए । 

भेटका क्रममा प्रमुख शाहले काठमाडौँ मौलिक सांस्कृतिक सम्पदाले भरिएको जीवन्त सहर भएको जानकारी दिए । सहरको जीवन्तता संरक्षण र प्रवर्धनका महानगरका लागि प्राथमिक कार्यक्रम रहेको उनको भनाइ छ । 

राजदूत थम्पसनले काठमाडौँसँग संयुक्त राज्य अमेरिकाका विभिन्न सहरहरुसँग भगिनी सम्बन्ध रहेको बताउँदै नगर र नागरिक स्तरीय दिगो सम्बन्धका लागि आफू प्रतिवद्ध रहेको धारणा राखे ।

आपसी सिकाई तथा हित प्रवर्धनका विषयमा कुराकानी भएको थियो । त्यस क्रममा सम्पदा संरक्षण तथा प्रवर्धन, सहरी विकासका आपसी सिकाई र अभ्यास तथा द्विपक्षीय सम्बन्धमा विषयमा कुराकानी भएको थियो ।  अमेरिकाका फेडरिसवर्ग, बोल्डर, युजिन सहर र रोचेष्टर सहरसँग काठमाडौँ महानगरको भगिनी सम्बन्ध छ ।

'कितियाले खिचेको फोटो फेक' भन्दै अमेरिकी दूतावासले हटायो फेसबुकबाट पाेष्ट

इकागज | मंसिर ११, २०७९

काठमाडौँ- नेपालस्थित अमेरिकी दूतावासले केही समय अघि पोष्ट गरेको कथित फोटोग्राफर कितिया पावलोव्स्कीले ख...

जापानका लागि नेपालका राजदूत डा सुवेदीद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

इकागज | कात्तिक २१, २०७९

काठमाडौँ- जापानका लागि नेपालका नवनियुक्त राजदूत डा दुर्गाबहादुर सुवेदीले आज बिहान जापानको टोक्योस्थित...

नेपाल र श्रीलंकाबीच ऐतिहासिक र धार्मिक सम्बन्ध छ : श्रीलंकाली प्रधानमन्त्री

इकागज | कात्तिक १९, २०७९

काठमाडौँ- श्रीलंकाका प्रधानमन्त्री दिनेश गुणवर्द्धनाले नेपाल र श्रीलंकाबीच ऐतिहासिक र धार्मिक सम्बन्ध रहेको...

नेपाललाई सहायता प्रदान गर्ने मुलुकको सूचीमा पुनः आबद्ध गर्दै जर्मनी

इकागज | कात्तिक १६, २०७९

काठमाडौँ- अर्थमन्त्री जनार्दन शर्मा र नेपाल भ्रमणमा रहेको जर्मनीका आर्थिक सहयोग र विकास मन्त्रालयका संसदीय ...