कूटनीति

नयाँ सरकारलाई बधाई दिँदै अमेरिकाले भन्यो : नेपाललाई सहयोग गर्न सधैं तत्पर

इकागज | पुस १२, २०७९

काठमाडौँ – संयुक्त राज्य अमेरिकाले नव नियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाललाई बधाई दिएको छ। मंगलबार एक विज्ञप्ति जारी गर्दै अमेरिकाले दाहाललाई बधाई दिएको हो।

विज्ञप्तिमा भनिएको छ - 'नेपाल – नेपालको सङ्घीय निर्वाचनमा विजय हासिल गरेकामा नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल र उहाँको गठबन्धनलाई संयुक्त राज्य अमेरिका बधाई ज्ञापन गर्दछ ।

उनको गठबन्धनलाई संयुक्त राज्य अमेरिका बधाई ज्ञापन गर्दछ । नेपालसँग बलियो र चिरस्थायी सम्बन्ध रहिआएकोबारे हामीलाई गर्व छ र हामी दिगो आर्थिक वृद्धि हासिल गर्ने र लोकतन्त्र तथा मानव अधिकारको सुदृढीकरण गर्ने जस्ता द्विपक्षीय, क्षेत्रीय र विश्वव्यापी महत्त्वका मुद्दाहरूको प्रवर्द्धनमा नेपाल सरकारसँगै उभिन जारी राख्‍नेछौँ ।

लोकतन्त्रप्रति नेपालको प्रतिबद्धता विश्‍वभरका मुलुकहरूका निम्ति उदाहरणीय छ र हामी यससँग सम्बद्ध सबैको प्रशंसा गर्दछौँ । नेपालले आफ्ना लोकतान्त्रिक परम्पराहरूलाई गहिराइ प्रदान गर्न जारी राख्दै गर्दा नेपाललाई मद्दत गर्न हामी तत्पर छौँ ।'

चिनियाँ विदेश मन्त्रालयले भन्यो : बिआरआईलगायत रणनीतिक विषयमा नेपालसँग सहकार्य

इकागज | पुस ११, २०७९

काठमाडौँ- नेपालको नवगठित सरकारलाई बधाई दिँदै जनवादी गणतन्त्र चीनको विदेश मामिला मन्त्रालयले ‘बे...

राष्ट्रपति भण्डारीसमक्ष तीन देशका राजदूतले बुझाए ओहदाको प्रमाणपत्र

इकागज | पुस ५, २०७९

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष विभिन्न तीन देशका राजदूतले आफ्नो ओहदाको प्रमाणपत्र बुझाएका छन्...

इजरायली राजदूत हनान र नेपाली सेनाका प्रमुख शर्माबीच भेटवार्ता

इकागज | मंसिर २९, २०७९

काठमाडौँ- नेपालका लागि इजरायली राजदूत हनान गडर गोल्डबर्गर र नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा...