कूटनीति

नेपाली श्रमिकलाई पनि मलेसियाका श्रमिकसरह सेवा सुविधा दिन आग्रह

श्रममन्त्री अर्याल र मलेसियाली गृहमन्त्रीबीच भेट, के विषयमा भयो कुराकानी ?

इकागज | माघ २०, २०७९

काठमाडौँ - श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल र मलेसियाका गृहमन्त्री सैफुदिन नासुसनबीच भेटवार्ता भएको छ । शुक्रबार काठमाडौंस्थित एक होटलमा दुई देशका मन्त्रीबीच शिष्टाचार भेटवार्ता भएको हो । भेटका क्रममा दुई सरकारबीचको सम्बन्धलाई थप मजबुत बनाउने बारेमा छलफल भएको श्रममन्त्री अर्यालले बताए । 

मलेसिया सरकारसँग नेपाल सरकारको श्रम सम्झौतालाई नवीकरण गर्ने बेला भएको र नवीकरण गर्दा नेपाली श्रमिकलाई पनि मलेसियाका श्रमिकसरहको सेवा सुविधा दिने कुरामा छलफल भएको उनले बताए । नेपालबाट पनि कामदारलाई मलेसिया पठाउँदा सीप सिकाएर पठाउने कुरामा छलफल भएको उनको भनाइ छ । 

त्यस्तै मलेसियाका गृहमन्त्री सैफुदिन नासुसनले  नेपालबाट २ लाख ८५ हजार ७६८ जना श्रमीकहरू मलेसिया गएको र त्यसमध्येबाट १ लाख ८५ हजार म्यानुफ्याक्चर्स क्षेत्रमा आवद्ध रहेको जानकारी दिए । ७० हजार कर्मचारी सेक्युरिटी गार्डमा कार्यरत रहेको उनको भनाइ छ । 

उनले मलेसिया सरकारले नयाँ श्रम नीति बनाउन लागेको उल्लेख गर्दै कामदारअनुकुलको नीति निर्माण गरिरहेको र त्यसका बारेमा पनि बैठकमा छलफल भएको बताए । कामदारहरूका लागि ज्यालामा पनि वृद्धि गर्नेगरी नीति बनाएको उनको भनाइ छ । 

तीन दिने नेपाल भ्रमणका क्रममा बिहीबार साँझ आएका उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहालसँग पनि शिष्टाचार भेट गर्ने कार्यक्रम छ । 
 

परराष्ट्रमन्त्री पौड्यालले श्रीलंकामा उच्चस्तरीय भेटवार्ता गर्ने

इकागज | माघ १७, २०७९

काठमाडौँ- परराष्ट्रमन्त्री डा विमला राई पौड्यालले श्रीलंकाको ७५औँ स्वतन्त्रता दिवसमा अवसरमा कोलोम्बोमा...

चिनियाँ राजदूत साेङको सक्रियता : दुई सातामा ८ उच्चस्तरीय राजनीतिक भेटवार्ता

इकागज | माघ १७, २०७९

काठमाडौं- नेपालका लागि चिनियाँ राजदूत छन् साेङले दुई सातामा आठ उच्चस्तरीय राजनीतिक भेटवार्ता गरे...

नेपाल र अमेरिकाबीचको सम्बन्ध थप सुमधुर बनाउनेछौँ : उपविदेशमन्त्री न्युल्याण्ड

इकागज | माघ १६, २०७९

काठमाडौँ- दुई दिने नेपाल भ्रमणमा रहेकी अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया न्युल्याण्डले नेपाल र अमेर...

परराष्ट्रमन्त्री र अमेरिकी उपविदेशमन्त्रीबीच भेटवार्ता

इकागज | माघ १६, २०७९

काठमाडौँ- परराष्ट्रमन्त्री डा. बिमला राई पौड्याल र अमेरिकी राजनीतिक मामिलासम्बन्धी उपविदेश मन्त्री भिक्टोरि...