शिक्षा

विराटनगरमा टेलिकमको 'एनटीटिभी' सेवा सुरु

इकागज | असोज २४, २०७८

काठमाडौँ- नेपाल टेलिकम विराटनगरले एनटीटिभीको सेवा सुरु गरेको छ। एउटै तारबाट टेलिफोन ईन्टरनेट तथा टेलिभिजन समेत हेर्न सकिने सुविधा शुभारम्भ गरिएको हो।

फाइबर नेटवर्कबाट गुणस्तरीय टेलिभिजन च्यानलहरु हेर्न सकिने गरि टेलिफोन र इन्टरनेटसहितको सुविधा नेपाल टेलिकमले प्रदेश १ मा नै पहिलो पटक सुरु गरेको टेलिकम विराटनगरले जनाएको छ ।

सेवा सुरु कार्यक्रमका नेपाल टेलिकम प्रादेशिक निर्देशनालयका निर्देशक सूर्यनारायण मालाकारले केहि समयअघि नै सेवा विस्तार गर्ने योजना रहेपनि भरपर्दो र गुणस्तरीयताका लागि आवश्यक तयारी र सफल परिक्षणपछि शुरु गरिएको बताए ।

कम्पनीले यो सेवालाई फाइबर नेटवर्क विस्तार भएका अन्य स्थानहरुमा दशैं पछाडि र तिहार अघि नै शुरु गर्ने योजना लिएको छ। यसका साथै आवश्यक पर्ने ग्राहकको सपोर्टका लागि प्राविधिक जनशक्ति समेत थप्दै लैजाने तयारी भइरहेको जनाएको टेलिकम विराटनगरले जनाएको छ।

क्रिप्टोकरेन्सी माइनिङ गर्ने उद्योगलाई चीनले नकारात्मक सूचीमा राख्‍ने

इकागज | असोज २४, २०७८

काठमाडौँ- चीनले क्रिप्टोकरेन्सी माइनिङ गर्ने उद्योगलाई नकारात्मक सूचीमा राख्ने भएको छ। चीनले नकारात्मक सूची…

अन्तराष्ट्रिय विधार्थी आकर्षण गर्ने तयारीमा काठमाडौँ विश्वविधालय

इकागज | असोज २४, २०७८

काठमाडौँ - नयाँ नेतृत्वको आएसँगै काठमाडौँ विश्वविधालय अब अन्तराष्ट्रिय विधार्थी आकर्षण गर्ने तयारीमा लागेको…

फेसबुकले बालबालिकालाई हानी पुर्‍याउने र  प्रजातन्त्रलाई कमजोर बनाउने क्यापिटल हिलमा बयान

इकागज | असोज २१, २०७८

वासिङटन- फेसबुकका वेबसाइट र एपहरूले बालबालिकालाई हानि पुर्‍याउने  र विभाजनहरू बढाएर प्रजातन्त्…

फेसबुकका केही अकाउन्टलाई कुनै नियम लाग्दैन: फेसबुक कर्मचारी

इकागज | असोज २०, २०७८

काठमाडौँ- फेसबुकका थुप्रै गोप्य सूचना सार्वजनिक गर्ने पूर्वकर्मचारीले आफ्नो परिचय सार्वजनिक गरेकी छन् । एक अ…