शिक्षा

राप्ती र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस अध्ययनका लागि बाटो खुल्यो

इकागज | भदौ २, २०८१

काठमाडौँ - पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा अब चिकित्सा शिक्षा अध्ययन अन्तर्गत एमबीबीएस अध्ययन सुरु गर्न बाटो खुलेको छ ।

नेपाल सरकार अन्तर्गतको दुवै प्रतिष्ठानमा एमबीबीएस पढाइ सञ्चालनका लागि अर्थ मन्त्रालयले श्रोत सुनिश्चितता गरेको छ । अर्थले यस सम्बन्धी पत्र हालै मन्त्रालयलाई पठाएको छ ।

गत साउन २७ गते आफ्नो प्राथमिकता तथा योजना सार्वजनिक गर्दा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले दुवै प्रतिष्ठानमा यसै वर्ष चिकित्सा शिक्षा सुरु गर्ने घोषणा गरेका थिए ।

मन्त्रालयले ५ करोड विनियोजन गरे पनि थप श्रोत सुनिश्चित नहुँदा पढाइ सुरु गर्न सकिएको थिएन ।

मन्त्रालयले अर्थसँग समन्वय गरेपछि हालै रकम सुनिश्चित बनेको हो । दुवै प्रतिष्ठानले ५ वर्ष अघि पूर्वाधार विकास गरेर बसेका थिए । तर मन्त्रालयगत बजेट नै नआउँदा अघि बढ्न नसकेको कार्यक्रम यसपालि अघि बढेको हो ।

अब चिकित्सा आयोगले पूर्वाधारका आधारमा दुवै प्रतिष्ठानका लागि एमबीबीएस पठनपाठनका लागि सिट निर्धारण गर्नेछ । सोही आधारमा पठनपाठन अघि बढाउने गरी मन्त्रालयले तयारी थालेको छ ।

‘देशमा चिकित्सक अभाव रोक्न दक्ष जनशक्ति उत्पादन बढाउने हाम्रो लक्ष्य हो,’ मन्त्री पौडेलले भने, ‘प्रतिष्ठानमा चिकित्सा शिक्षा अध्ययनसँगै थप चिकित्सक अध्ययन गर्ने मार्ग खोल्न हामी लाग्नेछौँ ।’  

मन्त्री पौडेलको प्राथमिकता तथा योजनामा एक सय बेड भन्दा माथिका सरकारी अस्पतालमा नर्सिङ र ३ सय बेड भन्दा माथिका सरकारी अस्पतालमा स्नातक र स्नातकोत्तर तहका विषय अध्यापन गर्न विगतमा भएका अध्ययन पुनरावलोकन गरी चिकित्सा शिक्षा आयोगको परामर्शका आधारमा कार्यान्वयन गरिने पनि उल्लेख छ । यसअनुसार आवश्यक तयारीका लागि मन्त्रालयले काम अघि बढाएको जनाएको छ । 

फ्युचरामा : नेपालमा नयाँ पुस्तालाई प्रेरित गर्ने रूपान्तरणकारी प्रविधि प्रदर्शनी

इकागज | भदौ २, २०८१

काठमाडौँ- इस्लिङ्टन कलेजले आईएनजी स्किल एकेडेमीसँगको सहकार्यमा आगामी पुस्ताका आईटीलाई प्रेरणा र सशक्तिकर...

नेपाल ल क्याम्पसको भवनबाट सञ्‍चालित कानुन संकायको कार्यालय पनि बल्खुमा

इकागज | साउन ३२, २०८१

काठमाडौँ- प्रदर्शनीमार्गस्थित नेपाल ल क्याम्पसको भवनबाट सञ्चालन हुँदै आएको कानुन संकायको कार्यालय पनि बल्ख...

सर्लाहीका अधिकांश विद्यालयमा शिक्षक दरबन्दी न्यून, पठनपाठन प्रभावित

इकागज | साउन ३१, २०८१

बरहथवा (सर्लाही)- सर्लाहीका अधिकांश विद्यालयमा न्यूनतम शिक्षक दरबन्दी अभावले पठनपाठन प्रभावित भएको छ । ज...

सामाजिक सञ्‍जाल एक्स पोष्टहरूमा जवाफहरू व्यवस्थित गर्न नयाँ सुविधा लन्च

इकागज | साउन ३१, २०८१

काठमाडौँ - सामाजिक सञ्जाल एक्स प्लेटफर्मले आइओएस प्रयोगकर्ताहरूका लागि नयाँ सुविधा सुरु गर्ने घोषणा गरेक...

भ्याली पब्लिकका विद्यार्थीलाई क्याम्ब्रिजको प्रमाणपत्र

इकागज | साउन ३०, २०८१

काठमाडौँ- भ्याली पब्लिक स्कुलले विद्यार्थीलाई क्याम्ब्रिज विश्वविद्यालयले दिने प्रमाणपत्र प्रदान गरेको छ ...

काठमाडौँ महानगरले शिक्षामा गुणस्तर खोज्‍ने कि नाममा रडाको मच्चाउने ?

अतिन आचार्य | साउन ३०, २०८१

काठमाडौँ- चार महिनाअघि काठमाडौँ महानगरपालिकाले निजी विद्यालयलाई नेपाली भाषामा नेपालीपन झल्कने नाम र...

रोजगारीका अवसर प्राप्त नभएकाले युवाहरू पढ्नका लागि देश बाहिर जाने परिस्थिति सिर्जना भयो : मन्त्री भट्टराई

इकागज | साउन २६, २०८१

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले मुलुकमा रोजगारीका अवसर प्राप्त नभएकाले युवा...