शिक्षा

फ्युचरामा : नेपालमा नयाँ पुस्तालाई प्रेरित गर्ने रूपान्तरणकारी प्रविधि प्रदर्शनी

इकागज | भदौ २, २०८१

काठमाडौँ- इस्लिङ्टन कलेजले आईएनजी स्किल एकेडेमीसँगको सहकार्यमा आगामी पुस्ताका आईटीलाई प्रेरणा र सशक्तिकरण गर्न तीन दिने प्रविधि महोत्सव ‘फ्युचरामा’ सम्पन्न गरेको छ ।

१४ देखि १६ अगस्टसम्म सञ्‍चालनमा रहेको कार्यक्रमको उद्देश्य भने सूचना प्रविधिमा रुचि राख्ने नयाँ पुस्तालाई प्रेरित गर्दै, उनीहरूलाई अत्याधुनिक प्रविधिहरूसँग सुसज्जित बनाउनु भएको जनाएको छ ।

कार्यक्रममा एआई गगल, स्वचालित सवारी साधनका मोडेल र रोबोटिक साथी जस्ता अत्याधुनिक प्रविधिहरू प्रदर्शित गरिएका थियो । यी सबै प्रविधिहरू स्किल म्युजियम र इस्लिङ्टन कलेजका विद्यार्थीहरूद्वारा निर्माण गरिएका हुन जसले उनीहरूको रचनात्मकता र प्रविधि निर्माणमा दक्षता प्रकट गर्ने कलेजले जनाएको छ ।

प्रदर्शनीमा, डिजिटल दुनियाँलाई जीवन्त बनाउन वृत्तचित्र, साइबर सुरक्षा, र एनिमेशनका अनुभवहरू समावेश गरिएको थियो । ‘फ्युचरामा’ले   अन्तरक्रियात्मक बूथहरू, प्रत्यक्ष प्रदर्शनीहरू र ज्ञानवर्धक कार्यशालाहरूमार्फत प्रविधिको भविष्यका झलक प्रदान गरेको थियो । यसका साथै युवाहरूलाई प्रविधिको संसारमा अझ गहिरो बुझाइ प्रदान गर्ने प्रयास गरेको छ ।

कलेजका विद्यार्थीहरूको उल्लेखनीय उत्साह र सक्रिय सहभागिताले कार्यक्रमलाई जीवन्त वातावरणमा रूपान्तरण गर्न सफल भएको थियो । “प्रविधिको अतिरिक्त, कार्यक्रमले दिगोपन र उद्यमशीलतालाई पनि जोड दिने प्रयास गरेको छ । आधुनिक व्यवसायमा प्रविधिको भूमिकाको अन्वेषणसँगै, फ्युचरामाले दिगोपनमा पनि ध्यान केन्द्रित गराउने लक्ष्य राखेको छ,” आईएनजी स्किल एकेडेमीका स्किल सुपरभाइजर स्वेच्छ्या प्रधानाङ्गले बताए ।

प्रदर्शनीको तेस्रो दिनमा मनोरञ्जनका लागि गायक पूर्ण राई र द इलिमेन्ट्सको लाइभ म्यूजिक प्रस्तुति रहेको थियो जसले महोत्सवलाई अझ आकर्षक र मनोरञ्जनात्मक बनायो । आयोजकहरूले यो तिन दिनको प्रदर्शनीलाई जानकारीमूलक, ज्ञानवर्धक र मनोरञ्जनपूर्ण बनाउने प्रयास गरेको जानकारी दिएका छन् । ३ दिनमा २५०० बढि सहभागिहरूले प्रदर्शनिमा उपस्थिति जनाएका छन् ।

विशेष रूपमा यो ऐतिहासिक कार्यक्रम यस महिना भरि नेपालका विभिन्न स्थानहरूमा आयोजित हुने रहेको छ, जसले रचनात्मकता,सहयोग र जानकारी साझेदारीलाई प्रोत्साहित गर्नेछ । आईटी र व्यवसायिक शिक्षामा उत्कृष्टताका लागि प्रख्यात इस्लिङटन कलेज काठमाडौँले पुनः नवप्रवर्तनप्रति आफ्नो प्रतिबद्धता प्रदर्शन गरेको छ। विद्यार्थीहरूले प्राविधिक कार्यक्रमलाई उत्साहका साथ अँगालेका थिए, यसले उनीहरूको सिक्ने जोशलाई जोड दिए ।

नेपाल ल क्याम्पसको भवनबाट सञ्‍चालित कानुन संकायको कार्यालय पनि बल्खुमा

इकागज | साउन ३२, २०८१

काठमाडौँ- प्रदर्शनीमार्गस्थित नेपाल ल क्याम्पसको भवनबाट सञ्चालन हुँदै आएको कानुन संकायको कार्यालय पनि बल्ख...

सर्लाहीका अधिकांश विद्यालयमा शिक्षक दरबन्दी न्यून, पठनपाठन प्रभावित

इकागज | साउन ३१, २०८१

बरहथवा (सर्लाही)- सर्लाहीका अधिकांश विद्यालयमा न्यूनतम शिक्षक दरबन्दी अभावले पठनपाठन प्रभावित भएको छ । ज...

सामाजिक सञ्‍जाल एक्स पोष्टहरूमा जवाफहरू व्यवस्थित गर्न नयाँ सुविधा लन्च

इकागज | साउन ३१, २०८१

काठमाडौँ - सामाजिक सञ्जाल एक्स प्लेटफर्मले आइओएस प्रयोगकर्ताहरूका लागि नयाँ सुविधा सुरु गर्ने घोषणा गरेक...

भ्याली पब्लिकका विद्यार्थीलाई क्याम्ब्रिजको प्रमाणपत्र

इकागज | साउन ३०, २०८१

काठमाडौँ- भ्याली पब्लिक स्कुलले विद्यार्थीलाई क्याम्ब्रिज विश्वविद्यालयले दिने प्रमाणपत्र प्रदान गरेको छ ...

काठमाडौँ महानगरले शिक्षामा गुणस्तर खोज्‍ने कि नाममा रडाको मच्चाउने ?

अतिन आचार्य | साउन ३०, २०८१

काठमाडौँ- चार महिनाअघि काठमाडौँ महानगरपालिकाले निजी विद्यालयलाई नेपाली भाषामा नेपालीपन झल्कने नाम र...

रोजगारीका अवसर प्राप्त नभएकाले युवाहरू पढ्नका लागि देश बाहिर जाने परिस्थिति सिर्जना भयो : मन्त्री भट्टराई

इकागज | साउन २६, २०८१

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले मुलुकमा रोजगारीका अवसर प्राप्त नभएकाले युवा...

पाठ्यक्रम परिमार्जन गरी विद्यार्थीको आकर्षण बढाउँदै पोखरा विश्वविद्यालय

इकागज | साउन २६, २०८१

पोखरा- पछिल्ला वर्षमा कक्षा १२ उत्तीर्णपछि विद्यार्थी थप शिक्षा र रोजगारीका लागि विदेश जाने क्रम बढ्दो छ । ...