शिक्षा

एमबिबिएस अध्ययन गर्न १० लाख छात्रवृत्ति

इकागज | असार ११, २०७९

दार्चुला​- मार्मा गाउँपालिकाले गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमा अध्ययन गरेका एक उत्कृष्ट विद्यार्थीलाई एमबिबिएस अध्ययनका लागि छात्रवृत्ति उपलब्ध गराउने भएको छ । गाउँपालिकाले शुक्रबार ल्याएको आगामी आव २०७९/८० को नीति तथा कार्यक्रममा वार्षिक एक जनालाई १० लाख रुपैयाँ छात्रवृत्ति स्वरुप रकम उपलब्ध गराउने भएको हो ।

गाउँपालिका अध्यक्ष जमनसिंह धामीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा गाउँपालिकामा स्थायी घर भएको, गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमा अध्ययन गरेको एक उत्कृष्ट विद्यार्थीलाई एमबिबिएसमा छात्रवृत्ति उपलब्ध गराइने छ । गाउँपालिकाले स्तरोन्नति भएर १० शैय्याको अस्पतालको रुपमा स्तरवृद्धि भएको लटिनाथ स्वास्थ्य चौकीमा अढाई वर्षभित्र भवन निर्माण गर्ने भएको छ । गाउँपलिका भित्रका स्वास्थ्य चौकी भवन दुई वर्षभित्र निर्माण सम्पन्न हुने नीति तथा कार्यक्रममा उल्लेख छ ।

अस्पतालको प्रयोगशाला, एक्सरे, अल्ट्रासाउण्ड, डेन्टललगायत सुविधा सुदृढीकरण गर्दै लग्ने उल्लेख छ । हरेक गाउँमा विशेषज्ञसहितको घुम्ती सेवा सञ्चालन गरिने गाउँपालिकाले नीति लिएको छ । रासस

विश्वभर ७ करोड ८२ लाख बालबालिका स्कुलबाहिर, ११ करोडको सिकाइमा गम्भीर समस्या

इकागज | असार ११, २०७९

काठमाडौँ - संकटग्रस्त देशहरूमा विद्यालय जाने उमेरका २२ करोड २० लाख बालबालिकाको शैक्षिक सहायता आवश्यक र...

नेपाल पनि हायर एजुकेसनको एउटा 'हब' बन्‍न सक्छ : राज्यमन्त्री श्रेष्ठ

इकागज | असार १०, २०७९

काठमाडौँ- प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले उच्च शिक्षामा लगानी बढाउन निजी...

टेलिकमको चेतावनी : पोल भाडा नबुझाए इन्टरनेट र केवल सेवा प्रदायक कम्पनीको तार साउनदेखि हटाउने

इकागज | असार १०, २०७९

काठमाडौँ- नेपाल टेलिकमले इन्टरनेट र केवल सेवा प्रदायक कम्पनीलाई पोल प्रयोग गरेबापत भाडा रकम बुझाउन आग्...

शिक्षा र चेतनाको विस्तारमा पुस्तकालयको ठूलो भूमिका : राष्ट्रपति

इकागज | असार ९, २०७९

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा सार्वजनिक एवं व्यक्तिगत प्रयासमा खुलेका पुस्तकालयले नेपा...