शिक्षा

मस्कविरुद्ध मुद्दा हाल्ने तयारीमा ट्वीटर

इकागज | असार २५, २०७९

काठमाडौंँ - विश्व धनाढ्य व्यक्ति एलन मस्क ट्वीटर किन्‍ने प्रस्तावबाट पछि हटेका छन् । मस्कले ट्वीटर खरिद सम्झौता रद्द गर्ने घोषणा गरेका हुन् । मस्कले गत अप्रिलमा ४४ अर्ब डलरमा ट्वीटर डिलको सम्झौता गरेका थिए ।

मस्कले ट्वीटरमा स्पाम र नक्कली अकाउन्ट संख्याको पर्याप्त जानकारी दिन ट्वीटर असफल भएको र सम्झौता उल्लेख गरिएका अरू नियमहरू पनि तोडेको आरोप लगाउँदै कम्पनी खरिदबाट पछि हटेको सिनेटले आफ्नो पोस्टमा उल्लेख गरेको छ।

उनले खरिद प्रक्रियाबाट पछि हटेको जानकारी आफ्ना वकिलमार्फत यूएस सेक्युरिटीज एण्ड एक्सचेन्ज कमिसनमा पठाएका छन् सो पत्रमा ट्वीटरले प्रयोगकर्ताको जानकारी दिन अस्वीकार गरेको दाबी गरिएको छ ।

मस्कले खरिद सम्झौताबाट पछि हटेको भन्दै ट्वीटरले उनीमाथि मुद्दा दर्ता गर्ने तयारी गरेको छ । गत मे महिनामा मस्कले ट्वीटरसँगको सम्झौता अस्थायी रूपमा होल्डमा रहेको जानकारी दिँदै ट्वीटरमा नक्कली र स्पाम अकाउन्टहरूको डेटा पर्खिरहेका थिए ।

मस्कले ट्वीटरका दैनिक सक्रिय प्रयोगकर्ता कति छन् भन्ने जानकारी प्राप्त गर्ने प्रयास गर्दै आएका छन् । ट्वीटरले नक्कली अकाउन्ट पाँच प्रतिशतभन्दा कम रहेको बताएपनि मस्कले यो संख्या अझै बढी हुनसक्ने धारणा राख्दै आएका थिए ।

त्रिविमा यस वर्ष ६३ हजार विद्यार्थी दीक्षित हुने, व्यवस्थापनका धेरै

इकागज | असार २४, २०७९

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयमा यस वर्ष हुने ४८ औँ दीक्षान्त समारोहमा विभिन्न तहका परीक्षामा उत्ती...

नेपाल संस्कृत विश्वविद्यालयको मूलगेटको ताला खुल्यो, प्रशासनको कक्षमा दुई महिनादेखि तालाबन्दी

इकागज | असार २०, २०७९

दाङ - दाङमा केन्द्रीय कार्यालय रहेको नेपाल संस्कृत विश्वविद्यालयमा निरन्तर तालाबन्दी भइरहेको छ । विश्...

अनुमतिविना एल सिक्स गिगाहर्ज फ्रिकेन्सी प्रयोग नगर्न टेलिकमको चेतावनी

इकागज | असार २०, २०७९

काठमाडौँ- नेपाल दूरसञ्चार प्राधिकरणले स्वीकृतिविनै एल सिक्स गिगाहर्ज ब्यान्डको फ्रिकेन्सी प्...