शिक्षा

एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् रिजल्ट

इकागज | साउन ११, २०७९

काठमाडौँ- राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेकाे छ । ५ लाख १४ हजार ७ सय ६० जना एसईई परीक्षार्थीको नतिजा बोर्डले आज (बुधबार) सार्वजनिक गरेको हो ।

परीक्षामा दुई हजार सात परीक्षा केन्द्रबाट ११ हजार ६१५ विद्यालयका दुई लाख ५७ हजार ९२४ छात्रा र दुई लाख ५७ हजार ५३ छात्र गरी पाँच लाख १४ हजार ९७७ परीक्षार्थी सहभागी भएको नियन्त्रक अर्जुन रायमाझीले जानकारी दिए ।

यसरी हेर्न सकिन्छ एसईईको नतिजा
एसईईको नतिजा परीक्षार्थीले बोर्डको वेबसाइटका साथै एसएमएस र आइभीआरबाट पनि हेर्न सकिने व्यवस्था गरेको छ । परीक्षा नियन्त्रक कार्यालयले नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा वेबसाइट, एसएमएस र आइभीआरबाट हेर्न सकिने जानकारी दिएको छ ।

नेपाल टेलिकम, जानकी टेक्नोलोजी प्रालि, इजी सर्भिस प्रालि, आकाश टेक प्रालिमा सर्टकोड हालेर नतिजा हेर्ने सकिनेछ । त्यस्तै राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी, स्प्यारो पे प्रालि, निमा एडुकेशन फाउण्डेशन, कान्तिपुर पब्लिकेशन, द कनेक्ट प्लस प्रालि, इडियु सञ्जाल र रिडर्स पोइन्ट प्रालिले पनि नतिजा सार्वजनिक गर्ने बताइएको छ । रिजल्ट प्रकाशित भएपछि एसएमएसबाट ३५००१, ३४९४९, ३१००३ र एसएमएस-आइभीआरबाट १६०० मा म्यासेज गरेर रिजल्ट हेर्न सकिन्छ ।

त्यस्तै www.see.gov.np, www.neb.gov.np, www.khalti.com, www.neemaacademy.com, www.theconnectplus.com, www.see.ntc.np, www.admissionnepal.com र www.ekantipur.com वेभसाइटबाट रिजल्ट प्रकाशित भएपछि हेर्न सकिने बताइएको छ ।

यसपटकको नतिजामा नन ग्रेडिङको व्यवस्था गरिएको छ । ग्रेडिङ प्रणालीले सिकाइको गुणस्तर खस्किँदै गएपछि मन्त्रालयले विद्यालय तहमा न्यूनतम अङ्क ल्याउनुपर्ने व्यवस्थामा जोड दिएको हो ।

त्रिचन्द्रलाई जोगाउन माग गर्दै नागरिक सरोकार समूहले भेट्याे प्रधानमन्त्री​

इकागज | साउन १०, २०७९

काठमाडौँ- नागरिक सरोकार समूहको प्रतिनिधि मण्डलले त्रिचन्द्र कलेजलाई जाेगाई दिन माग गर्दै प्रधा...

एलकेजीदेखि नै ट्युसन : स्कुल र अभिभावकको मिलेमतोमा बालबालिकालाई ‘कैद’

उपेन्द्र अर्याल | साउन १०, २०७९

काठमाडौँ– भक्तपुर, गठ्ठाघरका सचिन खड्का (१४) काठमाडौँ मोडेल कलेजका विद्यार्थी हुन् । कक्षा ९ मा अध्...

सुदूरपश्चिम विश्वविद्यालयको कृषि संकाय विद्यार्थीको रोजाइमा पर्दै

इकागज | साउन ७, २०७९

कञ्चनपुर- सुदूरपश्चिम विश्वविद्यालयको कृषि संकाय विद्यार्थीको रोजाइमा पर्न थालेको छ । कैलालीको टीकापुरमा...

विश्वविद्यालयमा तालाबन्दी अस्वीकार्यः शिक्षामन्त्री

इकागज | साउन ५, २०७९

काठमाडौँ - शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालयहरुमा तालाबन्दी गर्ने कार्य स्वीक...

परीक्षा दिन आएका छात्रामाथि दुर्व्यवहार गरेको भन्दै हेटौँडा क्याम्पसमा तोडफोड

इकागज | साउन ४, २०७९

मकवानपुर - हेटौंडास्थित हेटौंडा क्यापसमा विद्यार्थीहरूले तोडफोड गरेका छन् । साउन ३ गते स्नातक तह दोस्रो ...