शिक्षा

चिट ल्याएको भन्दै छात्रामाथि दुर्व्यवहार : घटनाको चौतर्फी विरोध, दोषीमाथि कारबाहीको माग

इकागज | साउन ४, २०७९

मकवानपुर - हेटौंडास्थित हेटौंडा क्याम्पसमा स्नातक तह दोश्रो वर्षको वार्षिक परीक्षा सञ्चालन गर्ने क्रममा छात्रामाथि यौन दुर्व्यवहार भएकोप्रति विद्यार्थीहरूले गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले छात्रामाथि भएको दुर्व्यवहारको तत्काल छानबिन गर्न माग गरेको छ ।

३ साउनमा मकवानपुर बहुमुखी क्याम्पसबाट बि.एड. दोस्रो वर्षको परीक्षा दिन गएको दुई जना छात्रालाई हेटौंडा क्याम्पसमा चिट ल्याएको भन्दै सबै कपडा खोल्न लगाई प्याडसम्म खोल्न लगाई गरेको अभद्र व्यवहार भन्दै अनेरास्ववियु मकवानपुर बहुमुखी क्याम्पस कमिटीले भत्र्सना गरेको हो।

'घटना एकदमै आपत्तिजनक छ, त्यस्तो व्यवहार गर्ने व्यक्ति कुनै कोणबाट शिक्षक हुन सक्दैन' विज्ञप्तिमा भनिएको छ, 'घटनाको तत्काल छानबिन गरी दोषीलाई तत्काल पक्राउ गरि कारबाहीको माग गर्दछौ,' अनेरास्ववियु मकवानपुर बहुमुखी क्याम्पस कमिटी अध्यक्ष प्रसिद्ध रेग्मीद्वारा हस्ताक्षरीत विज्ञप्तिमा भनिएको छ ।

परीक्षा दिन जाँदा चेकजाँचको क्रममा आफूहरूमाथि भएको घटना बारेमा छात्राहरूले लेखेको म्यासेज सामाजिक सञ्जालमा भाइरल भएपछि हेटौंडा क्याम्पसले पनि विज्ञप्ति जारी गरेको छ ।

क्याम्पस प्रमुख देव मानन्धरद्वारा हस्ताक्षरित विज्ञप्तिमा क्याम्पसले घछनाको छानबिन गर्ने बताइएको छ ।

'विद्यार्थीहरूलाई परीक्षा हलमा प्रवेशपूर्व परीक्षामा संलग्न कर्मचारीहरूबाट व्यक्तिगत गोपनियता हनन् हुने गरी चेकजाँच गरिएको भनी विभिन्न विद्यार्थी सङ्गठन तथा सामाजिक सञ्जालहरूमा प्रकाशित सामग्रीप्रति क्याम्पस प्रशासनको गम्भीर ध्यानाकर्षण भएको छ,' विज्ञाप्तिमा भनिएको छ । 

यस बारेमा सम्बन्धित पीडित पक्षका विद्यार्थी, अभिभावक तथा जिल्लामा क्रियाशील विभिन्न विद्यार्थी सङ्गठनका प्रतिनिधिहरूसँग छलफल भइरहेको क्याम्पसले जनाएको छ ।

'छानबिन गरी दोषी प्रमाणित भएमा दोषीमाथि कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्दछु' विज्ञप्तिमा भनिएको छ, 'यस घटनाको सत्यतथ्य पत्ता लगाउन सरोकारवालाहरुसँग छलफल भइरहेकोले सम्बन्धित सम्पूर्ण पक्षहरुलाई संयमित भइदिनुहुन समेत अनुरोध गर्दछु ।'

परीक्षा हलमा प्रवेश गर्नुपूर्व चिट लिएर आएका छौँ भन्दै पाइन्ट र भित्री कपडा सबै खोल्न लगाइएको छात्राहरुको आरोप छ । उनीहरूमध्ये एक जना छात्रा महिनावारी भएको र आफूसँग चिट नभएको बताउँदा पनि प्याड समेत खोल्न लगाइएको उनीहरूले बताएका छन् ।

यसैगरी पब्लिक क्याम्पस प्राध्यापक सङ्घ, नेपाल एकाइ समिति मकवानपुर बहुमुखी क्याम्पसले पनि घटनाको छानबिनको माग गरेको छ। परीक्षामा सहभागी छात्रा विद्यार्थीमाथि परीक्षा केन्द्र हेटौंडा क्याम्पस, हेटौंडामा भएको घटनाको संघले विरोध जनाएको छ ।

यसअघि पनि समयमा उत्तरपुस्तिका तथा प्रश्नपत्र उपलब्ध नगराउने, समयअगावै उत्तरपुस्तिका लिने, अनावश्यक डर त्रास सिर्जना गरी विद्यार्थीलाई आतकिंत पार्नेलगायतका गुनासाहरू सुनिन आएको समेत उल्लेख गर्दै पब्लिक क्याम्पस प्राध्यापक सङ्घ, नेपाल मकवानपुर बहुमुखी क्याम्पस इकाइ समितिले गम्भीर ध्यानाकर्षण जनाएको छ ।

शैक्षिक संस्थाहरूमा विद्यार्थीले निर्भयतापूर्वक परीक्षामा सामेल हुन पाउनुपर्ने उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ 'वर्षभरिको मेहनतको भाग्यरेखा कोर्ने परीक्षाहलमा भयमुक्त वातावरणमा परीक्षामा सहभागी हुन पाउनु विद्यार्थीको अधिकार हो ।'

परीक्षाको मर्यादा कायम गराउनु प्रशासनको कर्तव्य भएको तर परीक्षाको मर्यादा कायम गराउने निहुँमा परीक्षार्थीलाई आतकित पार्ने र मनोवैज्ञानिक त्रास सिर्जना गराउने कार्य कदापि क्षम्य हुन विज्ञप्तिमा भनिएको छ । यस प्रकारका गतिविधिहरूले विद्यार्थीलाई शैक्षिक संस्थाप्रति नै नकारात्मक सोच विकास हुने भएकाले घटनाको सत्य तथ्य जाँचबुझ गरी दोषीमाथि कारबाहीको लागि प्राध्यापक संघ माग गरेको छ ।

परीक्षासम्बन्धी कुनै ऐनले गाेप्य र संवेदनशील अंगकाे खानतलासी गर्ने अधिकार नदिएकाे अधिवक्त्ता बालकृष्ण शर्मा अधिकारीले बताए ।

 

पाकिस्तानमा बिएस्सी इन्जिनिरियङ गर्ने सोचमा हुनुहुन्छ ? शिक्षा मन्त्रालयद्वारा आवेदन आह्वान

इकागज | साउन ४, २०७९

काठमाडौँ- शिक्षा, विज्ञात तथा प्रविधि मन्त्रालयले पाकिस्तानमा छात्रवृत्ति स्वरुप अध्ययन गर्न चाहनेका लागि आव...

डाटा पाइरेसीः तथ्यांक चोरिएको चोरियै, नेपाली हेरेको हेर्‍यै​

इकागज | साउन ३, २०७९

संयुक्त राष्ट्र सङ्घ भौगोलिक नाम एक्सपर्ट ग्रुपको निर्णय अनुसार भौगोलिक स्थान नामको नेपाली रोमन लिप्यन्तरण...

शिक्षामन्त्रीले बालेनलाई भने : काठमाडौँमा दरबन्दी धेरै छ अब शैक्षिक गुणस्तरमा ध्यान दिनुहोस्

इकागज | साउन ३, २०७९

काठमाडौँ- शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले काठमाडौँ महानगरपालिकाका मेयर बाल...

विश्वविद्यालयमा गरिने तालाबन्दी सधैँका लागि अन्त्य गरौँ : मन्त्री पौडेल

इकागज | साउन १, २०७९

कास्की - शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालयहरुमा गरिने तालाबन्दी सधैँका लागि...