शिक्षा

सम्झौता कार्यान्वयनको माग गर्दै विद्यालय कर्मचारी आन्दोलनमा

इकागज | भदौ १, २०७९

भक्तपुर - नेपाल विद्यालय कर्मचारी परिषद्ले शिक्षा तथा मानवस्रोत विकास केन्द्र सानोठिमीमा आज धर्ना दिएको छ । सरकार र नेपाल शिक्षक महासंघबीच भएको सम्झौता कार्यान्वयन गर्न माग गर्दै उनीहरुले धर्ना दिएका हुन् ।

सरकारले विद्यालय कर्मचारीलाई विभेद गरेको र आफैले गरेको सहमति पालना नगरेका कारण काठमाडौँ केन्द्रीत आन्दोलनमा उत्रिनु परेको नेपाल विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गंगा तिवारीले बताए । 

सरकारसँग भएको सहमति कार्यान्वयन गर्न पटक–पटक माग गर्दा पनि सुनुवाइ नभएको भन्दै उनले सर्वोच्च अदालतले दिएको निर्देशन कार्यान्वयन गर्नुपर्ने, सरकार र महासंघबीच भएको सम्झौता कार्यान्वयन गर्नुपर्ने, तत्काल पूर्ण सेवा सुविधाको ग्यारेन्टी गर्नुपर्ने, विद्यालय कर्मचारी सहायक लेखापालको तलब ३६ हजार ७३० र विद्यालय सहयोगीको तलब २६ हजार २१० कायम गरिनुपर्ने माग राखेको बताए ।  

त्यस्तै आर्थिक वर्ष २०७९÷८० मा सरकारले वृद्धि गरेको १५ प्रतिशत तलब वृद्धि विद्यालय कर्मचारीको हकमा पनि लागू हुनुपर्ने, निजामती कर्मचारी तथा शिक्षकलाई दिइरहेको महँगी भत्ता दुई हजार उपलब्ध गराउनुपर्ने, विद्यालय कर्मचारीको कोटालाई तहगत दरबन्दीमा परिणत गरिनुपर्ने र विद्यालयमा ६० वर्षसम्म कार्यरत रहेर अवकाश भएका कर्मचारीलाई तहगत रुपमा निजामती कर्मचारीले पाए सरहको सेवा सुविधा दिनुपर्ने लगायतको माग राखेर उनीहरुले धर्ना दिएका हुन् ।  
    
अध्यक्ष तिवारीले आज शिक्षा तथा मानव विकास स्रोत केन्द्र अगाडि दिनभर धर्ना दिने र भोलि भदौ २ गतेदेखि केन्द्रमा तालाबन्दी गरी अनिश्चितकालीन धर्नामा बस्ने जानकारी दिनुभयो ।

विश्वव्यापी रुपमा प्रतिस्पर्धा गर्ने जनशक्ति तयार गर्नुपर्छ : राष्ट्रपति

इकागज | साउन ३१, २०७९

कास्की- राष्ट्रपति विद्यादेवी भण्डारीले गुणस्तरीय शिक्षामा जोड दिएकी छिन् । पोखरा महानगरपालिका–१६ ब...

शिक्षक लाइसेन्सको परीक्षामा भिडिओ बनाउने कैलालीका विनोदकुमारलाई कारबाही

इकागज | साउन ३०, २०७९

धनगढी - शिक्षक सेवा आयोगले अध्यापन अनुमतिपत्र (लाइसेन्स)को परीक्षामा भिडिओ बनाएर सामाजिक सञ्जालमा राख्ने...

परीक्षार्थीले प्रश्नपत्र र उत्तर पुस्तिकाको भिडियो बनाइ सामाजिक सञ्जालमा राखेपछि...

इकागज | साउन ३०, २०७९

काठमाडौँ- परीक्षार्थीले प्रश्नपत्रको र उत्तर पुस्तिकाको भिडियो बनाइ सामाजिक सञ्जालमा राखेपछि उनको पर...

पूर्वाञ्चल विश्वविद्यालयभित्रका समस्या समाधान गर्नुपर्ने नेविसंघको माग

इकागज | साउन २९, २०७९

काठमाडौँ - पूर्वाञ्चल विश्वविद्यालयभित्रका समस्या समाधान गर्नुपर्ने माग गरिएको छ । नेपाल विद्यार्थी संघ पूर्...

शिक्षामन्त्री पौडेलकाे आग्रह : शिक्षा प्रणाली राम्रो छैन भन्‍ने प्रचार नगर्नुस्

इकागज | साउन २८, २०७९

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले समयमै परीक्षा नलिने र नतिजा प्रकाशित न...

आन्दोलनरत शिक्षकहरूको मागप्रति लचिलो नबन्‍न नगरप्रमुखलाई नेताहरूको सल्लाह

इकागज | साउन २६, २०७९

महोत्तरी- बर्दिबास नगरपालिकामा करार बसेवाबाट पदमुक्त गरिएका शिक्षकहरूको आन्दोलन फितलो बन्दै गएको छ...

विश्वविद्यालयको पठनपाठन प्रभावित हुन नदिन प्रधानमन्त्रीको प्राध्यापकहरुलाई आग्रह

इकागज | साउन २६, २०७९

काठमाडौँ - प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्ना माग र हक अधिकारका सवाल उठाउँदा विश्वविद्यालयको शैक्षिकप...

विश्वविद्यालयमा तालाबन्दी नगर्न सबैलाई शिक्षामन्त्रीकाे आग्रह

इकागज | साउन २६, २०७९

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालयमा तालाबन्दी नगर्न सरोकारवा...