शिक्षा

जहाँ विद्यार्थीले गर्छन् शिक्षकको निगरानी

इकागज | साउन ३२, २०८१

टीकापुर- कैलालीको टीकापुर नगरपालिका वडा नं. ३ स्थित हिमालय माध्यामिक विद्यालय घिया पुछरीका विद्यार्थीहरुले शिक्षकको निगरानी गर्न थालेका छन् । विद्यालयमा शिक्षकको नियमित उपस्थिति र कक्षा समय बढाउन विद्यार्थीले शिक्षकको निगरानी गर्न थालेका हुन् । विद्यार्थीहरुले शिक्षक कक्षामा प्रवेश गर्ने र बाहिर निस्कने समयको ‘रेकर्ड’ राख्न थालेका छन् ।

विद्यालय प्रशासनले शिक्षक पूरा समय कक्षामा बस्नै पर्ने गरी यो नियम लागू गरेर ‘रेकर्ड’ राख्ने जिम्मा विद्यार्थीलाई दिएको हो । विद्यालयले कक्षा लिडर (मनिटर) ले यो रेकर्ड राख्नुपर्ने जिम्मा दिनुका साथै मासिक विवरण राख्न लग बुक दिएको छ । विद्यालयमा गत शैक्षिक शत्रबाट यो अभ्यास थालिएको हो । 

कक्षा ८ का मनिटर नमूना पौडेल कक्षाकोठामा शिक्षक प्रवेश गरेपछि शिक्षक आएको गएको रेकर्ड राख्ने र महिना पुगेपछि प्रधानाध्यापकलाई बुझाउने गरेको बताइन् । 'शुरुमा अप्ठ्यारो लागेको थियो, विद्यालयले हामीलाई लगबुक दिएको छ', उनले भनिन्, 'हरेक शिक्षक आएको र गएको समय लेख्छौँ ।'

शिक्षक कक्षाकोठामा प्रवेश गरेको  र बाहिरिएको समय लेख्ने गरिएको कक्षा ६ का मनिटर मनोज चौधरीले बताए । 'हामीले महिनाभरिको रेकर्ड राख्छौँ र विद्यालयमा बुझाउने गछौँ', उनले भने, 'शिक्षकको रेकर्ड राख्न थालेपछि विद्यार्थी पनि अनुशासित भएका छन् । हामी पनि कक्षा अवधिभर बाहिर निस्कदैनौँ ।'

हिमालय मावि घियाका प्रधानाध्यापक बुद्धिराम चौधरी शिक्षकको कक्षाकोठामा नियमित उपस्थिति बढाउन विद्यार्थीले शिक्षकको रेकर्ड राख्न थालिएकोेजानकारी दिए । 'केही शिक्षकहरु १० मिनेट ढिलो कक्षामा प्रवेश गर्ने, ५ मिनेट पहिल्यै कक्षा छोड्ने गरेको देखिन्थ्यो, यसैलाई रोक्न निगरानी गर्ने जिम्मा विद्यार्थीलाई दियौँ', उनले भने, 'शुरुमा विद्यार्थीले निगरानी गर्ने भनेपछि केही शिक्षकले यस्तो शैली मन पराएका  थिएनन् । यसले शैक्षिक सुधारमा सघाउँछ । सबै शिक्षकलाई जिम्मेवार बनाउँछ भनेपछि शिक्षक साथीहरु तयार हुनुभयो ।'

विद्यार्थीले शिक्षक कक्षा प्रवेश गरेको र निस्किएको रेकर्ड राख्न थालेपछि शिक्षकले जिम्मेवारी र अनुशासन पालना गरेको उनको भनाइ छ । 'इमानदार शिक्षकलाई यस कार्यले खुशी दिएको छ । कक्षाकोठामा नियमित शिक्षण सिकाइ क्रियाकलाप पूरा गर्न शिक्षकले लापरबाही गर्न पाइदैन भन्ने हो', प्रअ चौधरीले भने, '४५ मिनेट पूरा विद्यार्थीलाई दिनुपर्छ भन्ने हो । समय ख्याल नगरे पठनपाठन र नियमित क्रियाकलापमा असर पार्छ ।'

प्रअ चौधरीका अनुसार सुरुमा शिक्षकको मूल्याकंन विद्यार्थीले गर्ने भनी शिक्षकहरुलार्ई नरमाइलो लागेको थियो तर सकारात्मक पक्ष, समय पालना नियमित हुन्छ भनी लागू गर्दा, अहिले शैक्षिक सुधार भएको छ । रासस

सर्लाहीका अधिकांश विद्यालयमा शिक्षक दरबन्दी न्यून, पठनपाठन प्रभावित

इकागज | साउन ३१, २०८१

बरहथवा (सर्लाही)- सर्लाहीका अधिकांश विद्यालयमा न्यूनतम शिक्षक दरबन्दी अभावले पठनपाठन प्रभावित भएको छ । ज...

सामाजिक सञ्‍जाल एक्स पोष्टहरूमा जवाफहरू व्यवस्थित गर्न नयाँ सुविधा लन्च

इकागज | साउन ३१, २०८१

काठमाडौँ - सामाजिक सञ्जाल एक्स प्लेटफर्मले आइओएस प्रयोगकर्ताहरूका लागि नयाँ सुविधा सुरु गर्ने घोषणा गरेक...

भ्याली पब्लिकका विद्यार्थीलाई क्याम्ब्रिजको प्रमाणपत्र

इकागज | साउन ३०, २०८१

काठमाडौँ- भ्याली पब्लिक स्कुलले विद्यार्थीलाई क्याम्ब्रिज विश्वविद्यालयले दिने प्रमाणपत्र प्रदान गरेको छ ...

काठमाडौँ महानगरले शिक्षामा गुणस्तर खोज्‍ने कि नाममा रडाको मच्चाउने ?

अतिन आचार्य | साउन ३०, २०८१

काठमाडौँ- चार महिनाअघि काठमाडौँ महानगरपालिकाले निजी विद्यालयलाई नेपाली भाषामा नेपालीपन झल्कने नाम र...

रोजगारीका अवसर प्राप्त नभएकाले युवाहरू पढ्नका लागि देश बाहिर जाने परिस्थिति सिर्जना भयो : मन्त्री भट्टराई

इकागज | साउन २६, २०८१

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले मुलुकमा रोजगारीका अवसर प्राप्त नभएकाले युवा...

पाठ्यक्रम परिमार्जन गरी विद्यार्थीको आकर्षण बढाउँदै पोखरा विश्वविद्यालय

इकागज | साउन २६, २०८१

पोखरा- पछिल्ला वर्षमा कक्षा १२ उत्तीर्णपछि विद्यार्थी थप शिक्षा र रोजगारीका लागि विदेश जाने क्रम बढ्दो छ । ...

एसइईमा कम्तीमा ७० प्रतिशत उत्तीर्ण हुने गरी काम गर्न प्रधानमन्त्री ओलीको निर्देशन

इकागज | साउन २४, २०८१

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले जीवनोपयोगी र स्तरीय शिक्षाको सुनिश्चित हुने गरी ठोस कार्ययोजना ल्...

वन कभर र लिबर्टी कलेजबीच साइबर सुरक्षा हेल्प डेस्क स्थापना गर्ने समझदारी

इकागज | साउन २४, २०८१

काठमाडौँ- वन कभर प्राइभेट लिमिटेड र लिबर्टी कलेजले साइबर सुरक्षा हेल्प डेस्क स्थापना गर्न समझदारीपत्रमा ह...

डेंगी सङ्क्रमणबाट विद्यार्थी बिरामी परेपछि दुई विद्यालय बन्द

इकागज | साउन २३, २०८१

दमौली (तनहुँ)- तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित दुई निजी विद्यालयका विद्यार्थी डेंगी सङ्क्रमणले बिराम...