शिक्षा

त्रिविले शैक्षिक क्यालेण्डर लागू गरेकोमा प्रधानमन्त्रीले दिए धन्यवाद

इकागज | असार ३०, २०८१

काठमाडौं - त्रिभुवन विश्वविद्यालयले शैक्षिक क्यालेण्डर लागू गरेकोमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले विश्वविद्यालयका पदाधिकारीहरूलाई धन्यवाद दिएका छन् ।

आइतबार प्रधानमन्त्रीको निजी निवास खुमलटारमा त्रिविका उपकुलपति प्राडा केशरजंग बराल, रजिष्टार डा केदारप्रसाद रिजाल, शिक्षाध्यक्ष डा खड्ग केसीसँग भेट गर्दै प्रधानमन्त्रीले धन्यवाद दिएका हुन् ।

भेटमा त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूको नियुक्तिका आधार र मापदण्ड सम्बन्धी विनियम कार्यकारी परिषद्बाट पारित गरेकोमा समेत प्रधानमन्त्रीले धन्यवाद दिए । 

प्रधानमन्त्रीले भने, 'विश्वविद्यालयमा गुणात्मक सुधार ल्याएर मात्रै देशको मुहार फेर्न सकिन्छ। त्यसका लागि मैले लगातार मेहेनत गर्दै आएको छु। खुला प्रतिस्पर्धाबाट पदाधिकारी नियुक्ति, शैक्षिक क्यालेण्डर लगायतका क्षेत्रमा महत्वपूर्ण सुधार आएको छ। यसले राम्रो सन्देश दिएको छ। भविष्यमा समेत यी प्रयासहरू लागू हुनेछन् भन्ने विश्वास व्यक्त गर्दछु।'

भेटमा पदाधिकारीहरूले प्रधानमन्त्री प्रचण्डको कार्यकालमा शिक्षा क्षेत्र र विश्वविद्यालय सुधारमा ऐतिहासिक कामहरू भएको भन्दै त्रिवि सुधारमा आफूहरू पूर्ण समर्पणभावका साथ खटिने बताए ।

कर्णालीका १० जिल्लामा धमाधम निर्माण हुँदै विद्यालयका भौतिक संरचना

इकागज | असार ३०, २०८१

काँक्रेविहार (सुर्खेत)- कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले ‘विद्यालय शैक्षिक पूर्वाधार कार्यक्रम...

शिक्षामन्त्री श्रेष्ठले भनिन्: नेपाली नागरिक हुँ, पीआर र नागरिकता लिएकी छैन

इकागज | असार २६, २०८१

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले नेपाली नागरिक भएकाले अन्य देशका पीआर तथा ना...

त्रिवि उपकुलपति बराललाई भेट्न क्यूआर कोडबाट अग्रिम समय लिनुपर्ने

इकागज | असार २५, २०८१

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. केशरजंग बराललाई भेट्न अबदेखि क्यूआर कोडमार्फत् अग्रिम...

काठमाडौँ महानगरपालिकाले थाल्यो एसईई पूरक परीक्षाको तयारी कक्षा

इकागज | असार २३, २०८१

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले आजदेखि सामुदायिक विद्यालयका विद्यार्थीहरूका लागि एसईई पूरक परीक्षाक...

विज्ञान संकायमा उत्कृष्ट नतिजा दिइरहेको ग्लोबल कलेज विद्यार्थी र शिक्षकको रोजाइमा

इकागज | असार २०, २०८१

धेरै बालबालिकालाई भविष्यमा के बन्ने भनेर सोध्दा सबैजसोको उत्तर हुन्छ– डाक्टर, इन्जिनियर, पाइलट । त...