शिक्षा

त्रिभुवन विश्वविद्यालयको स्नातक तह दोस्रो वर्षको परीक्षा तालिकामा त्रुटि

इकागज | चैत २, २०८०

काठमाडौँ- त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुले निकालेको स्नातक तह दोस्रो वर्षको परीक्षा तालिकामा त्रुटि भेटिएको छ । शुक्रबार साँझ सार्वजनिक भएको बीबीएस दोस्रो वर्षको 'म्याक्रोइकोनोमिक्स फर बिजिनेस' विषयको परीक्षा तालिका मितिमा त्रुटि भेटिएको हो ।

चार वर्षे मानविकी, शिक्षाशास्त्र, व्यवस्थापन संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान तर्फका नियमित परीक्षा चैत २८ देखि वैशाख १४ गतेसम्म हुनेछ ।

जसमा बीबीएस दोस्रो वर्षको परीक्षा तालिका चैत ३१ गतेका लागि तोकिएको छ । जुन गलत हो । किनभने यस २०८० सालको चैत महिना ३० गतेसम्मको मिति रहेको छ ।

यस प्रकारको त्रुटिले परीक्षा दिन आउने विद्यार्थीमा विश्वविद्यालयप्रतिको नकारात्मक असर हुने र विश्वास घट्ने देखिन्छ । यस्तो गम्भीर त्रुटि हुनुमा नयाँ उपकुलपति र विश्वविद्यालयको व्यवस्थापनको पूर्ण रूपमा गैरजिम्मेवारीपना देखिएको छ । 

हेर्नुहोस् तालिका:

 

'चीनले अन्य देशभन्दा छिटो कामदारलाई रोबोटद्वारा विस्थापित गरिरहेको छ'

इकागज | चैत २, २०८०

काठमाडौँ- चीनले अन्य देशभन्दा छिटो कामदारलाई रोबोटद्वारा विस्थापित गर्दै गरेको अमेरिकी थिंक ट्यांक...

शिक्षामन्त्रीको स्थानीय तहहरुसँग छलफल: विद्यालय शिक्षा सुधार्न सहकार्य गर्न अपिल

इकागज | चैत २, २०८०

काठमाडाैँ - शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले विद्यालय शिक्षा सुधार गर्न र नयाँ शैक्षिक सत्...

गुगलले रोक्यो जेमिनी च्याटबोटमा निर्वाचनसम्बन्धी उत्तर

इकागज | फागुन ३०, २०८०

काठमाडौँ- गुगलले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) च्याटबोट जेमिनीमा निर्वाचनसम्बन्धि उत्तरहरुमाथि रोक लगाएक...

कागजात चोरी गरेको आरोपमा मेटाले एक पूर्व कर्मचारीविरुद्ध दायर गर्‍यो मुद्दा

इकागज | फागुन २९, २०८०

काठमाडौँ- सामाजिक सञ्जाल फेसबुकको माउ कम्पनी मेटा प्लेटफर्म्स इन्कले कागजात चोरी गरेको भन्दै आफ्ना एक पूर्...

टिकटकमाथिको प्रतिबन्धले मानिसका शत्रु फेसबुकलाई फाइदा पुग्ने ट्रम्पको चेतावनी

इकागज | फागुन २९, २०८०

काठमाडौँ- पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल टिकटकमाथिको प्रतिबन्धले केवल मानिसका शत्...