शिक्षा

सामुदायिक विद्यालयका भवन राम्रा बने, विद्यार्थीको आकर्षण बढेन

इकागज | फागुन १७, २०८०

मन्थली (रामेछप)- विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्पले क्षति पुर्‍याएका सामुदायिक विद्यालयका भौतिक संरचना आकर्षक  निर्माण भएका छन् । विद्यालय भवन आकर्षक बने तापनि त्यहाँ अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या न्यून हुँदै जाँदा  ती संरचनाको उपयोग कम हुन थालेकामा  सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।

रामेछापका ८७ माध्यमिक विद्यालयको नयाँ भवन बनेका थिए ।  ती विद्यालयमा विद्यार्थीको सङ्ख्या दिनानुदिन घट्दै गएकोप्रति सरोकारवालाले चिन्ता व्यक्त गरेका हुन् । शैक्षिक गुणस्तर नहुनु, जनसङ्ख्या वृद्धिदर न्यून हुनु र सामुदायिक विद्यालयमा राजनीतिक हस्तक्षेप हुनु लगायतका कारणले सामुदायिक विद्यालयमा विद्यार्थी घट्नुका मुख्य कारण भएको जिल्ला शिक्षा तथा समन्वय एकाइ रामेछापका प्रमुख भरतबहादुर भट्टराईले बताए । 

यसअघि जिल्लामा चार सयभन्दा बढी विद्यालय भए पनि विद्यार्थी कम भएकै कारण समायोजन भएर तीन सय ६० को सङ्ख्यामा झारिएका थिए  । तर अझै विद्यार्थीको अभावमा ती विद्यालय एकअर्कामा समायोजन भई घट्ने अवस्था रहेको छ ।

यस्ता विद्यालयको शैक्षिक गुणस्तर खस्कँदै जान लागेपछि सुधारको प्रयासका लागि जिल्ला शिक्षा समन्वय एकाइ, विभिन्न पालिकामार्फत  हुने गरेका  तालिम, गोष्ठी, अन्तरक्रिया एवं छलफलले पनि खासै काम गर्न सकेको छैन । 

पूर्वशिक्षक गुञ्जबहादुर श्रेष्ठले सामुदायिक विद्यालयमा गुणस्तरीय अध्यापन नहुने र गाउँमा समानुपतिक विकास नहुनुनै सामुदायिक विद्यालयमा विद्यार्थीको सङ्ख्या घट्दै जाने गरेको बताए । जिल्लामा पाँच नमूना माध्यमिक विद्यालय छन् एक/दुई वटाबाहेक ती विद्यालयले पनि खासै गुणस्तरीय शिक्षा दिन नसक्दा विद्यार्थी आकर्षण गर्न सकेका छैनन् ।   

मुलुक सङ्घीय संरचनामा गएसँगै तत्कालीन जिल्ला शिक्षा कार्यालयले अनुगमन तथा नियमन गर्ने गरेका सबै विद्यालयसँग सम्बन्धित काम पालिकास्तरीय शिक्षा शाखाले गर्न थालेपछि भने अझै शैक्षिक गुणस्तर खस्कँदै गएको जनाइएको छ ।

माध्यमिक तहसम्म निःशुल्क शिक्षा भने पनि सामुदायिक विद्यालयले पनि जथाभावी विभिन्न बहानामा शुल्क असुल्ने गरेको र घरमा रहेका आफूजस्ता अभिभावक सौखिन भएका कारण पनि सामुदायिक विद्यालयमा विद्यार्थीको सङ्ख्या नबढेको अभिभावक शान्ति प्रकाश दाहालले जानकारी दिए ।  

सबै तहका सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पढाउने खालको दक्ष शिक्षक नहुनु, शिक्षकले आफ्ना छोराछोरीलाई आफूले पढाउने विद्यालयमा नपढाउनु, शिक्षक नियुक्ति गर्दा अनुभवी र दक्ष एवं राम्रा शिक्षकलाई भन्दा हाम्रा/(आफ्ना, आफन्त) शिक्षकलाई प्रक्रिया मिलाएर नियुक्ति गर्ने गलत अभ्यास बढेको जनाइएको छ ।

अभिभावक सञ्जय वाग्लेले शिक्षक सेवा आयोगबाट आधारभूत वा माध्यमिक तह पास गरेर आएका शिक्षकमध्ये पनि पहुँचवालालाई मात्र आफ्नो पालिकामा ल्याउन पहल गर्नु नै शैक्षिक गुणस्तर खस्कनु र विद्यार्थीको सङ्ख्या घट्नुका कारण भएको बताए ।

यसो त कक्षा १ देखि १२, सम्म निःशुल्क पाठ्यपुस्तक, ५ कक्षासम्म दिवा खाजाको व्यवस्था, टोलटोलबाट विद्यार्थी ल्याउन विद्यालयमा बसलगायतका सुविधा पनि नभएको भने होइत तर यी सुविधा हुँदाहूँदै पनि  विद्यार्थीको सामुदायिक विद्यालयमा आकर्षण बढ्न सकेको छैन ।  
 
संस्थागत विद्यालयसँग नमूना माविको रुपमा रहेको मन्थली मावि मन्थली र मावि डहुलेभन्दा बाहेकका अन्य माध्यमिक विद्यालयले गुणस्तरमा  भने प्रतिस्पर्धा गर्न सकेका छैनन् । त्यही कारण पनि सामुदायिक विद्यालयमा विद्यार्थीको सङ्ख्या बढ्न नसकेको हो ।

आफूले पढाउने विद्यालयमा आफ्ना बालबालिका अधिकांश शिक्षकले नपढाउने गरेकाले पनि शैक्षिक गुणस्तर खस्केको अभिभावकको आरोप छ । दक्ष तथा अनुभवी एवं युवापुस्ताका शिक्षकलाई नयाँ नियुक्ति दिने र २० वर्ष वा सोभन्दा बढी समयसम्म शिक्षण गरेका शिक्षकलाई पेन्सन दिनुपर्ने  अभिभावक नारायणबाबु बस्नेतले बताए । रासस

सीमावर्ती गाउँमा बन्द भए विद्यालय, प्राथमिक तह पढ्‌न पनि भारत जान्छन् विद्यार्थी

इकागज | फागुन १६, २०८०

इलाम- सन्दकपुर गाउँपालिका–५ कालपोखरीकी ६८ वर्षीया निम लमु नातिनी पढाउन भारत जाने तरखरमा छिन् ।...

तालाबन्दीबीच पूर्वाधार र प्राज्ञिक विकास गर्दै मध्यपश्चिम विश्वविद्यालय

इकागज | फागुन १५, २०८०

सुर्खेत - तालाबन्दी र आन्तरिक किचलोकाबीच मध्यपश्चिम विश्वविद्यालयले पछिल्लो समय पूर्वाधार र प्राज्ञिक विकासम...

सामसङले सार्वजनिक गर्‍यो विभिन्न सुविधायुक्त 'ग्यालेक्सी रिंग'

इकागज | फागुन १५, २०८०

काठमाडौँ- दक्षिण कोरियाली कम्पनी सामसङ इलेक्ट्रोनिक्सले आधिकारिक रुपमा ग्यालेक्सी रिंग (औँठी) सार्वजनिक ग...

युरोपेली चुनावलाई 'एआइ'ले प्रभावित बनाउन सक्ने, मेटाले खटायो प्राविधिक टोली

इकागज | फागुन १५, २०८०

क्यार्लिफोनिया- फेसबुक र इन्स्ट्राग्रामको माउ कम्पनी मेटाले एआईले मतदाताहरूलाई धोका दिनबाट रोक्न टोली गठन...

लर्डबुद्ध एजुकेशन फाउण्डेशन र माइक्रोसफ्टबीच सहकार्य गर्ने समझदारी

इकागज | फागुन १४, २०८०

काठमाडौँ- सूचना प्रविधिसम्बन्धी नेपालको पहिलो कलेज लर्डबुद्ध एजुकेशन फाउण्डेशन र माइक्रोसफ्ट कम्पनीबीच शैक्...

जापानमा रहेका मार्क जुकरवर्गले दक्षिण कोरिया र भारतको भ्रमण गर्दै

इकागज | फागुन १४, २०८०

काठमाडौँ- जापानमा रहेका मेटा प्लेटफर्म इन्का प्रमुख कार्यकारी अधिकृत (सिइओ) मार्क जुकरवर्गले दक्षिण कोरिय...